दुई महिलालाई सङ्क्रमणको आशङ्का भएपछि १४० महिला सहित ९ बालबालिका खरिपाटी क्वारेनटाइनमा !

दुई महिलालाई सङ्क्रमणको आशङ्का भएपछि १४० महिला सहित ९ बालबालिका खरिपाटी क्वारेनटाइनमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०७७

भक्तपुर ।  कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरूलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेनटिनमा राखिएको छ ।

कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटिनमा राखिएको हो ।

कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेनटाइन लगिएको हो ।

विपद् व्यवस्थापन समिति (सिसिएमसी) भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिए पनि फर्किएकामध्ये दुईलाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेनटाइनमा राखिएको बताउनुभयो । ज्वरो देखिएका दुई जनाको आजै स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

आममाफी गराई १४० महिला, दुई वर्षमुनिका दुई बालबालिका र १२ वर्षमुनिका सात बालबालिकालाई कुवेतले सरकारले आफ्नै जहाजबाट निःशुल्क आज नेपाल ल्याइदिएको हो ।