अस्थिरता

अस्थिरता

हिमाल सरोवर ठकुरी  |  साहित्य  |  जेठ ३१, २०७७

कहिले बिहानको लाली किरण,
कहिले जूनको सितलता लाग्थ्यौ तिमी,
आउन त बिहान बोकेर आएको थियो घाम,
त्यही घामले जूनलाई हस्तक्षेप गरेको छ।
न तिमी जून रहिरहन सक्यौ,
न तिमी बिहानी बनिरहन सक्यौ,
यहाँ तिमी दुईभागमा बिभाजित छौ,
यहाँ तिमी स्थिर हुन सकेनौ,

चन्चल हावा जस्तै तिमिलाई,
र सितल छहारी जस्तै तिमिलाई,
हुरिहरु बिथोल्न आईपुगे,
तिमी हुरिकै संगतमा पर्यौ,
तिम्रो वेगले मलाई नै उडायो,
तिम्रो बफादारी यहाँनेर चुकेको छ,
यहाँ पनि तिमीमा अस्थिरता देखिएको छ,

तिमी फूल जस्तै थियौ,
तिमिले मलाई सधैं सधैं ,
सुवास दिने वचन दिएका थियौ,
तिमिलाई कसैले आएर चुडाई दियो,
मेरो भागमा काँडा पर्यो,
घोचाई र पिडाको कुरा पछि गरौंला,
म तिमिले धोका दिएका छौ भन्दिनँ,
तर यहाँ पनि तिमी स्थिर हुन सकेनौ,

मलाई आजै जवाफ चाहिन्छ डिएर तिमी,
आखिर यो सिलसिला कहिलेसम्म... !

                                                                                     सुर्खेत