प्रतिनिधिसभाबाट पारित नेपालको नक्शा संविधानको अंग बनाउने विधेयक राष्ट्रिय सभामा पेस

प्रतिनिधिसभाबाट पारित नेपालको नक्शा संविधानको अंग बनाउने  विधेयक राष्ट्रिय सभामा पेस

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३२, २०७७

काठमाडाैँ । नेपालको गुमेको भूभागलाई समेट्ने गरी सार्वजनिक गरिएको नेपालको नक्शा संविधानको अंग बनाउनको लागि गरिएकाे नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रिय सभामा टेवल गरिएको छ । 

विधेयकलाई शनिबार प्रतिनिधी सभाले पारित गरिसकेको छ । दफाबार छलफलपछि मतविभाजनबाट दुई तिहाइ भन्दा बढी मतले पारित गरिएकाे हाे । मत विभाजन २५८ सदस्यकाे सहभागिता रहेकोमा २५८ ले नै पक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय सभाकाे आइतबारकाे बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गर्नुभएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।