लोकसंवाद संवाददाता | समाज | जेठ ३२, २०७७
पोखरा । पोखरा ‘नेपाल–युके फाउन्डेशन’ले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ ।
‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो ।
फाउन्डेशनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङका मार्फत पठाएको हेल्पिङ ह्याण्ड्स प्रतिनिधि सुनिल गुरुङले जानकारी दिनुभयो । यसअघि फाउन्डेशनले जक्सन डटकम, चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की, पोखरा साङ्गीतिक कलाकार सङ्घ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५६० परिवारका करिब दुई हजार ६०० जनालाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ ।
विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेशनले जनाएको छ ।