लोकसंवाद संवाददाता | समाचार | असार ०४, २०७७
बारा । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् ।
जिल्ला बारा विश्रामपुर गाउँपालिक ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि छोकडा तस्करले थुपारी राखेको भन्ने प्राप्त सूचनाका आधारमा २०७७ असार ३ गते बिहान बरामद गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका ४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकै सुरेन्द्र साहको घर छेउमा आइपुग्दा भारततर्फ चोरी निकासीका लागि तस्करले थुपारी राखेको रु पाँच लाख २५ हजार बराबरको ४० बोरामा अन्दाजी ३५ क्विन्टल छोकडा रहेको प्रहरीको भनाइ रहेको छ ।
तस्करले प्रहरी टोलीलाई देखी भागी फरार भएकामा उक्त छोकडा बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएका प्रवक्ता मिश्रले भन्नुभयो ।