राष्ट्रपतिद्वारा नेपालको संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा नेपालको संविधान संशोधन विधेयक प्रमाणीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०४, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज २०७७ असार ४ गते बिहिबार प्रमाणीकरण गर्नुभएको छ । 

नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो । 

सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट पनि सर्वसम्मतिले  आज ०७७ असार ४ गते बिहिबार  बहुमतबाट पारित भएको थियो ।