लोकसंवाद संवाददाता | समाचार | असार ०६, २०७७
भारत र चीनबीचको सीमा क्षेत्र गलवान घाँटीमा २०७७ असार १ सोमबार राति भएको भिडन्तका क्रममा २० भारतीय सैनिक मारिएको घट्नाले विश्वमा एक खालको तरङ पैदा गरिदिएको छ । दुई देशको सीमामा सैनिकको आक्रमण सैनिककै हताहती भएको यो सन् १९७५ पछिको पहिलो घटना हो । सन् १९७५ मा अरुणाञ्चलस्थित सीमामा एम्बुसमा परेर भारतीय सेना मारिएका थिए भने सन् १९६२ र १९६७ मा दुई देशबीच युद्ध समेत भएको थियो ।
सन् १९६२ मा चिनियाँ सेनाले लद्दाख स्थित गलवान घाँटी र अरुणाञ्चलमा रहेको म्याकमोहन लाइनमा एकैपटक आक्रमण गरेको थियो । यो युद्धमा भारतले ठूलो क्षति व्यहोर्नुु परेको थियो । २० अक्टोबर, १९६२ देखि २१ नोभेम्बरसम्म अक्साई चीन र अरुणाञ्चल क्षेत्रमा भएको सो युद्धमा चिनियाँ सेनाले पश्चिम क्षेत्रको चुसुला रेजांग–ला तथा पूर्वमा तवांगमाथि नियन्त्रण कायम गरको थियो । यो युद्धमा १ हजार ३८३ जना भारतीय सैनिकको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते, करिब १ हजार ७ सय बेपत्ता र झण्डै चार हजार भारतीय सैनिक पक्राउ परेको अकाडा रहेको छ ।
त्यसबेलादेखि नै अक्साई चीन पूर्ण रुपमा चीनको नियन्त्रणमा रहँदै आएको छ । सन् १९६७ मा भारत र चीनबीच त्यसबेला अलग देश रहेको सिक्किमको नाथु–ला क्षेत्रमा युद्ध भयो । सो युद्धमा चिनियाँ सेनाले बढी क्षति भोग्नुपरेको थियो । सन् १९६७ को सेप्टेम्बर ११–१४ सम्म नाथु–ला र १ अक्टोबर १९६७ मा चाओला क्षेत्रमा भारत र चीनबीच युद्ध भएको थियो ।
सन् १९८६ मा समदोरांग, सन् २०१३ मा दुई देशका सेनाबीच दौलत बेग ओल्डी सेक्टर र सन् २०१४ मा चुमारमा तनाव सिर्जना भएको थियो । सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डोकलाममा ७३ दिनसम्म भारत र चीनका सेनाबीच तनावका अवस्था सिर्जना हुन पुगेको थियो ।
दुई देशबीच सन् १९९६ मा भएको सम्झौताअनुसार दुवै देशले सीमा क्षेत्रमा घातक हतियार प्रयोगमा रोक लगाउन सहमत भएका थिए । त्यसैकारणले गत सोमबार भएको झडपमा पनि दुई देशका सेनाबीच गोली हानाहान मात्र भएको थिएन धारिलो हतियार, काँटी राखिएका रड लगायतका हतियारले एकअर्कामाथि हमला गरेका थिए । जसमा भारतीय सेनातर्फ ठूलो क्षति पुग्न गएको थियो । पछि भारतीय सैनिकले कुनै क्षति नभएको दावी भने गर्दै आएको छ ।
राष्ट्रपति जियाङ जेमिनको भारत भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री एचडी देवगौडासँग एलएसीमा सैन्य क्षेत्रमा विश्वास कायम राख्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौताका बाबजुद दुई देशबीच सीमा क्षेत्रमा असमजदारी रहँदै आएको छ । यो सम्झौता सीमावर्ती क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा सैन्य हस्तक्षेपलाई नियन्त्रण गर्ने प्रयासस्वरुप भएको थियो । जसअनुसार सीमा क्षेत्रमा दुवै देशले गोलीबारी नगर्ने, वास्तविक नियन्त्रण रेखाबाट दुई किलोमिटर भित्र कुनै प्रकारका रासायनिक हतियार, बन्दुक, विस्फोटक पदार्थ लैजान निषेध नै गरिएको छ ।
५ मेमा नाथु–लामा झडप भएपछि दुई देशबीच एक पटक फेरि सीमा क्षेत्रमा तनाव सिर्जन मात्र भएको छैन विश्वमा संन्त्रास फैलिएको छ । दुवै देशले लद्दाखस्थित गलवान घाँटी र पेंगोग त्सो ताल र गलवान नदी आसपासका क्षेत्रमा दुवै देशले सैनिक उपस्थिति बढाएका छन् भने भारतले हालै भएको घटनापछि त्यहाँका बस्ती समेत हटाएको छ । भारत–चीनबीच जम्मु काश्मिर, हिमाञ्चल, उत्तराखण्ड, सिक्किम र अरुणाञ्चलमा करिब ३४ सय ८८ किलोमिटर लामो सीमा रहेको छ ।
अरुणाञ्चलमा समेत हाल भारतमा रहेको केही भूभागलाई आफ्नो दाबी गर्दै आएको चीनले म्याकमोहन लाइनलाई सीमा अस्वीकार गर्दै आइरहेको छ । उसले १९१४ मा अंग्रेज–तिब्बत सम्झौता हुँदा आफ्ना प्रतिनिधि त्यहाँ नभएको भन्दै सो सम्झौताअनुसार तय भएको सीमा मान्य नभएको बताउँदै आएको छ ।
ती बाहेक दुई देशबीच अन्य केही स्थानमा सीमा विवाद कायम रहँदै आएको छ । जसका कारण भारत र चीनबीच पटक पटक तनावको अवस्था सिर्जना हुने गरेको छ ।
हतियार प्रयोग नगर्ने सम्झौता
सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको भारत भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री एचडी देवगौडासँग एलएसीमा सैन्य क्षेत्रमा विश्वास कायम राख्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौताका बाबजुद दुई देशबीच सीमा क्षेत्रमा असमजदारी रहँदै आएको छ । यो सम्झौता सीमावर्ती क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा सैन्य हस्तक्षेपलाई नियन्त्रण गर्ने प्रयासस्वरुप भएको थियो । जसअनुसार सीमा क्षेत्रमा दुवै देशले गोलीबारी नगर्ने, वास्तविक नियन्त्रण रेखाबाट दुई किलोमिटर भित्र कुनै प्रकारका रासायनिक हतियार, बन्दुक, विस्फोटक पदार्थ लैजान निषेध नै गरिएको छ ।
वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटरभित्र ब्लास्ट अपरेसन या विकाससँग जोडिएका गतिविधि गर्नुपरेमा कूटनीतिक माध्यम या सीमा सुरक्षा अधिकारीको बैठक बोलाएर पाँच दिनअघि नै जानकारी दिनुपर्ने उल्लेख छ । तर दुवै देशले पटक पटक यो सम्झौताको उल्लंघन गर्दै आइरहेका छन् । एक अर्कालाई जानकारी नै नदिई सीमा क्षेत्रमा निर्माण कार्य दुबै देशले निरन्तरता दिएका कारण पटक पटक युद्ध र आक्रमण हुँदै आएकाे छ ।
दुई देशका सैनिक आमने–सामने आएमा र वास्तविक नियन्त्रण रेखामा कुनै कारणले तनाव पैदा भएमा दुवै देशका सैनिकले संयमता कायम राख्ने, स्थिति थप बिग्रन नदिन सबै आवश्यक कदम चाल्ने, तनाव रोक्ने र स्थितिको समीक्षाका लागि दुवै देशले कूटनीतिक माध्यमबाट तत्काल परामर्श लिने उल्लेख छ ।
यद्यपि यो सम्झौताका बुँदा नम्बर ६ सीमा क्षेत्रमा रणनीतिक सैन्य उपस्थितिका क्रममा यो लागू हुनेछैन भन्ने उल्लेख छ । यसैकारण हाल दुई देशबीको सीमा क्षेत्रमा तनाव बढ्दो अवस्थामा छ ।