ग्यालक्स श्रेष्ठ | साहित्य | असार ०६, २०७७
बदलिँदो परिस्थितिमा निर्भर
उही उसका सपना , उसका आकाङ्क्षा
प्रतिको प्रतिबिम्बित आकृति
देखि ऊ डराई रहेछ
सङ्कोच छ तर पनि उभित्र
उसको अनुहार कुरूप देखिन्छ
संसार कुरूप देखिन थालेको छ
फेरि पनि ऊ कुरूप भएका
ती सबै कुरा हेर्दै
संसार सँगै कुरूप हुँदैछ
परिवर्तन भएका छन्
सबै कुरा
परिवर्तित समाजको परिवर्तित
पात्र ऊ बनेको छैन
सोचाइ, भोगाई र सङ्घर्षका कथाहरू
भिन्नाभिन्नै छन् उसका
दिन बित्दै छ
मन भने कताकता अल्मलिएको जस्तो
जीवनको यस स्थान र चक्रभिउमा कतै
ऊ आफैँ देखि हारिरहेको त छैन ?
संसार उही छ, संसारमा सबै उही छन्
उसका भोगाई फरक छन्
संघर्ष र यथार्थ बिच बाझ्दै गरेको
ऊ आफैँसँग हारिरहेछ
ऊ टुटेको छैन,
उसका विचारहरु मात्र टुटेका हुन्
उसका सोच तुतेका छन्
उसले यो संसारलाई हेर्ने दृष्टिकोण तुतेको छ
ऊ कति पनि टुटेको छैन
उसको परिचय हावा
सँगै उडेको छ
मेघसँग बिलीत भएको छ
सपना सपना रहेन
यथार्थ यथार्थ रहेन
भोगाई भोगाई रहेन
भार भार रहेन
ऊ ऊ रहेन
२० जुन २०२० थिमि, भक्तपुर