अवरुद्ध भेरी करिडोर सञ्चालनमा

अवरुद्ध भेरी करिडोर सञ्चालनमा
जाजरकोट–डोल्पा सडकखण्ड । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २९, २०७५

डोल्पा । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । 

डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो । 

सडक सञ्चालनमा आएपछि यात्रु, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–५ का जयकृष्ण उपाध्यायले बताउनुभयो । 

यसअघि खदाङ्देखि रुकुम पश्चिममा पर्ने गोतामकोटसम्म सिधा जीपसेवा सञ्चालन हुने भएता पनि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको खबर राससमा छ ।