लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | फागुन ३०, २०७५
आउनुस्, इतिहासको यात्रामा जाऔं । सन् १९०५ तिरको कुरा हो, एउटा प्राइभेट कम्पनीमा काम गर्ने ‘क्लर्क’ मनमनै प्रश्न गरिरहेको थियो । प्रश्न थियो, ‘यदि प्रकाशको गति सर्वाधिक २ लाख, ९९ हजार, ७ सय ९२ किमि प्रतिसेकेण्ड छ एवम् यो कन्सटेन्ट -CONSTANT_ छ । त्यो अवस्थामा म २ लाख ९९ हजार ७ सय ९२ किमि लामो ‘ट्रेन’को पहिलो बोगी ‘क’माथि उभिएको छु, मेरो एक जना मित्र ट्रेनको सबैभन्दा पछाडिको बोगी ‘ख’माथि उभिएको छ र एउटा उसले ‘टर्चलाइट’ बालेर मतिर प्रकाश फाल्छ । यसो हुँदा भौतिक विज्ञानको पूर्णतया पालन गर्दै‘टर्चलाइट’ को प्रकाश ‘मसम्म’ एक सेकेण्डको निर्धारित समयमा आइपुग्छ । किनकि हामी उभिएको ‘टे«न’को लम्बाई २ लाख, ९९ हजार ७ सय ९२ किमि छ । यति नै १ सेकेण्डमा प्रकाशले हिँड्ने गति हो ।
अब त्यो क्लर्कको मस्तिष्कमा अर्को एउटा कल्पना आयो, ‘यदि त्यो ‘ट्रेन’लाई प्रकाशको गतिको आधा गतिले (२९९७९२/२.१४९८९६० गुडिरहेको र मेरो मित्रले फेरि टर्चको प्रकाश मतिर फ्याक्यो भने के हुन्छ होला ?’
अब मेरो मित्र स्वयम नै म भएको तिर प्रकाशको आधा गतिले आउँदैछ । यसो भए यस बेला प्रकाश आधा सेकेण्डमै ‘मसम्म’ आई पुग्नुपर्ने हो त ? किनकि ट्रेन गतिमान छ ।
‘क्लर्क’का आँखा चम्किए, उसले जवाफ पाइसकेको थियो । तर, उसलाई त्यति बेलासम्म थाहा थिएन, उसले पाएको जवाफले ‘ब्रह्माण्ड र समय’का बारेमा सबै प्रचलित मान्यता ध्वस्त गर्दै विज्ञानलाई नयाँ आयाममा प्रवेश गराउन गइरहेको थियो ।
त्यसपछि ‘क्लर्क’ले सन् १९०६ मा ‘साइन्टफिक जनरल’मा लेख लेखे । लेखको सार थियो– समय सापेक्ष हुन्छ, प्रत्येक व्यक्तिले भिन्न–भिन्न समय अनुभव गर्छन् । तपाईं जति छिट्टै हिँड्नुहुन्छ, समय तपाईंका लागि त्यति नै ‘सुस्त’ हुँदै जान्छ ।
‘स्विस पेंटेन्ट कम्पनी’मा कार्यरत ती ‘क्लर्क’का अनुसार माथिको प्रयोगको दोस्रो चरणमा पनि प्रकाशलाई ट्रेनको सबैभन्दा अन्तिमको बोगीबाट पहिलो बोगीमा आइपुग्न ट्रेन गतिमान भए पनि १ सेकेण्डकै समय लाग्छ ।
समयको शास्त्रीय व्याख्यामा जे सुकै भनिए पनि वास्तवमा समय भनेको ‘कणहरूको गति’ हो ।
ती युवा क्लर्कले भनेको कुरा ‘समय गतिसँग परिवर्तित हुन्छ’ परीक्षण गर्ने कुनै उपाय थिएन सन् १९०६ सम्म । र, त्यसबेलासम्मका हाम्रा घडी पनि त्यति दुरुस्त थिएनन् । तर, अहिले तपाईं
समयको सटिक परिभाषा बुझ्न सक्नुहुन्छ । एक सेकेण्डको समय कति लामो हुन्छ ? कहिल्यै सोच्नुभएको छ ?
‘इलेक्ट्रोनले’ ‘एनर्जी’ पाएर आफूले परिक्रमा गरिरहेको एटमको केन्द्रबाट ‘जम्प’ गरेर ‘हाई एनर्जी आर्बिट’मा पुग्छ ।
र, ‘हाई एनर्जी आर्बिट’मा पुगेर एउटा ‘फोटान’ (प्रकाश कण) छाडेर पुनः आफ्नो निर्धारित कक्षमा फर्किन्छ । यस प्रक्रियालाई ‘इलेक्ट्रोनिक ट्रान्जिट’ भनिन्छ ।
‘सिजियम’ (CAESIUM 133) तत्वका एटमको केन्द्रमा परिक्रमारत रहेका ‘इलेक्ट्रोन’ले ‘जम्प’ गरी ‘हाई इनर्जी आर्बिट’मा पुगी यसरी ‘फोटान’ छाड्ने प्रक्रिया ९ अरब १९ करोड २६ लाख ३१ हजार ७ सय ७० पटक दोहोर्याउनु नै हाम्रो एक सेकेण्डको समय हो । एक सेकेण्डको वैज्ञानिक व्याख्या यही हो ।
वैज्ञानिकले ‘एटमिक क्लाक’ बनाई सकेपछि एउटा प्रयोग गरेका थिए ।
सन् १९७१ को अक्टुबर महिनामा ‘युएस नभल अब्जरभ्याटरी’ (US NAVAL OBSERVATORY) ले एउटा हवाई जहाजमा चार वटा ‘एटमिक क्लक’ राखेर विश्व परिक्रमामा पठायो । विमान फर्केपछि घडी ‘चेक’ गर्दा सबै चकित बने । घडीको समयमा परिवर्तन आइसकेको थियो ।
हवाई जहाजको गति १०००–२००० किमि प्रतिघण्टा हो । यो गतिमा तपाईं हामी समय ‘ढिलो’ भएको अनुभव गर्न सक्दैनौं, ‘एटमिक क्लक’ले भने गर्यो । ती ‘क्लर्क’ले ६५ वर्षपहिला दाबी गरेको कुरा सत्य सावित भयो– समय गतिको सापेक्ष हुन्छ, समय परिवर्तनशील हुन्छ ।
तपाईं हामी परोक्ष रूपमा अहिले पनि अनुभव गर्न सक्दैनौं कि गतिले समय ‘सुस्त’ हुनसक्छ । यदि तपाईंसँग प्रकाशको गतिको ९९ प्रतिशत ‘स्पिड’ले उड्ने कुनै अन्तरिक्ष यान छ र तपाईं त्यसमा बसेर एक दिन अन्तरिक्षमा घुमेर पृथ्वीमा फर्किनुहुन्छ भने तपाईंको लागि त एक दिन बितेको हुन्छ । तर, पृथ्वीमा भने ६१ हजार वर्षको समय बितिसकेको हुन्छ । तपाईंलाई पत्याउन गाह्रो भयो ! तर, सत्य यही हो ।
हो, प्रकाशको ‘स्पिड’को ९९ प्रतिशत ‘गति’ले उड्न सक्ने ‘स्पेस क्राफ्ट’ बनाउन भने अहिले नै सम्भव छैन । अहिलेसम्म विज्ञानले अधिकतम १८ किमि प्रतिसेकेण्ड उड्ने यान मात्रै बनाउन सकेको छ । कहाँ २९९७९२ किमि प्रति सेकेण्ड र कहाँ १८ किमि प्रतिसेकेण्ड ।
ती युवा ‘क्लर्क’ विश्वका अर्बौ मानिसभन्दा लाखौं गुना बुद्धिमान एवम् मेधावी थिए । हुन त, तपाईंमध्ये धेरै जनाले यी ‘क्लर्क’लाई ठम्याई सक्नुभएको होला । उनको नाम लेख्नुभन्दा पहिला उनी बारेको एउटा चर्चित घटना–
उनी अमेरिकाको ‘प्रिन्सटन’ विश्वविद्यालयमा कार्यरत हुन पुगे । एक दिन विश्वविद्यालयबाट घर जान ट्याक्सी चढे उनले । तर, आफ्नो घरको ‘एड्रेस’ बिर्सेछन् । ट्क्यासी ड्राइभर उनलाई अनुहारले चिन्दैन थियो ।
उनले ड्राइभरलाई भने, ‘मैले आइन्सटाइनको घर पुग्नु छ, के तपाईंलाई उनको घर थाहा छ ?’
यदि तपाईंसँग प्रकाशको गतिको ९९ प्रतिशत ‘स्पिड’ले उड्ने कुनै अन्तरिक्ष यान छ र तपाईं त्यसमा बसेर एक दिन अन्तरिक्षमा घुमेर पृथ्वीमा फर्किनुहुन्छ भने तपाईंको लागि त एक दिन बितेको हुन्छ । तर, पृथ्वीमा भने ६१ हजार वर्षको समय बितिसकेको हुन्छ । तपाईंलाई पत्याउन गाह्रो भयो ! तर, सत्य यही हो ।
ट्याक्सी ड्राइभरले भन्यो, ‘प्रिन्सटनमा आइन्सटाइनको घर थाहा नपाउने कोही पनि छैन । म तपाईंलाई सोझै उनको घर पुर्याइदिन्छु ।’ ट्याक्सीबाट ओर्लेपछि पैसा तिर्दै ती महान ‘जिनियस’ले भने, ‘धन्यवाद, म नै आइन्सटाइन हुँ मैले आफ्नो घरको ‘एर्डेस’ बिर्सेको थिएँ ।’
अर्को एउटा घटना– उनी ट्रेनमा यात्रा गर्दै थिए, ‘टिकट जाँच्ने मानिस’ आयो । उनले आफूसँग भएका सबै खल्तीमा, ब्यागमा खोजे । तर, टिकट भेटिएन । ‘चेकर’ले म तपाईंलाई चिन्छु, तपाईंजस्तो मानिस टिकट नलिई यात्रा गर्दैन, ‘खोज्न छाडिदिनुस्’ भन्दै ऊ अगाडि बढ्यो ।
तर, आइन्सटाइनले टिकट खोज्ने क्रम जारी राखे । यो देखेर अर्काे सहयात्रीले भने, ‘छाडिदिनुस् न अब त ‘चेकर’ पनि गइसक्यो ।’
आइन्सटाइनले जवाफ फर्काए, ‘टिकट नभेटिए मैले कहाँ पुगेर ओर्लिनु छ, कसरी थाहा पाउने ?’
यिनै महान मात्र होइन, महानतम ‘जिनियस’ आइन्सटाइनका जन्म १४ मार्च सन् १८७९ मा जर्मनीको एउटा यहुदी परिवारमा भएको थियो । हर्मन आइन्सटाइनका र पाउलिन आइन्सटाइनका सन्तान थिए, अल्बर्ट आइन्सटाइन । चार वर्षको हुँदासम्म उनी बोल्न सक्दैन थिए । उनले पहिलो पटक बोलेको वाक्य थियो, ‘सुप धेरै तातो छ ।’ केटाकेटीमा आइन्सटाइन मन्द बुद्धिका थिए । तर, पछि गएर उनी महातनम वैज्ञानिक बने ।
आइन्सटाइनलाई आज विश्वभरी नै सर्वसाधारणलेसम्म E=Mc2 का लागि चिन्छन् । तर, विज्ञानका विद्यार्थीका लागि उनी ‘जनरल रिलेटिभिटी’, ‘स्पेसल रिलेटिभिटी’, फोटो इलेक्ट्रिक इफेक्ट’, ‘ब्रोनियन मोसन थ्योरी’, ‘आइन्सटाइन फिल्ड इक्वेसन’, ‘बोस आइन्सटाइन स्टेटिक्स’, ‘बोस आइन्सटाइन कण्डेन्सेण्ट’ ‘ग्रेभिटेसनल वेभ’, ‘कास्मोलोजिकल कान्सटेन्ट’, ‘युनिफाइड फिल्ड थ्योरी’, ‘इपिआर पैराडाक्स थ्योरी’जस्ता अनेकौं वैज्ञानिक सिद्धान्तका प्रतिपादक थिए ।
‘क्वाण्टम थ्योरी’को जनकका रूपमा विख्यात वैज्ञानिक मैक्स प्लांकले एक पटक भनेका थिए, ‘आधुनिक भौतिक शास्त्रमा यस्तो कुनै विषय छैन, जहाँ आइन्सटाइनले केही न केही योगदान नगरेको होस् ।’
‘पार्टीकल थ्योरी’, ‘मोसन अफ मालिक्युलस’ र प्रकाशको ‘थर्मल प्रोपर्टी’को उनको सिद्धान्तले पछि गएर ‘फोटान थ्योरी’ प्रतिपादित गर्यो ।
अर्का एकजना भौतिकविद् रिचर्ड फेन्मनले उनका बारेमा भनेका थिए, ‘प्रत्येक सैंद्धान्तिक भौतिकविद् आइन्सटाइनकै कुनै न कुनै खोजलाई अगाडि बढाइरहेका छन् । उनी असाधारण र अत्यन्त क्षमता सम्पन्न वैज्ञानिक थिए । उनको मस्तिष्क आकाशमा थियो भने खुट्टा पृथ्वीमा । हामीमध्येका व्यक्तिले आकाश र पृथ्वीमध्ये एउटामा मात्र टेकेका हुन्छौं ।
विज्ञानमा रुचि राख्नेलाई थाहा नै होला– केही वर्षपहिला जुन ‘ग्रेभिटेसनल भेभ्स’को खोज भयो, झण्डै सय वर्षपहिला त्यसको घोषणा आइन्सटाइनले गरिसकेका थिए ।
आउने कैयन शताब्दीसम्म विज्ञानले जे नयाँ–नयाँ खोज गर्छ, त्यसको मूलमा कतै न कतै आइन्सटाइनको भूमिका हुन्छ । आइन्सटाइनले प्रिन्सटन विश्वविद्यालय ‘ज्वाइन’गर्दा ‘म्यानेजमेन्ट कमिटी’ले उहाँसँग ‘उहाँलाई आफ्नो शोधका लागि के कस्तो ल्याब, उपकरण र अन्य सामग्री चाहिन्छ’ लेखेर दिने अनुरोध गरेको थियो ।
उनले एउटा ‘ब्ल्याक बोर्ड’, ‘चक’, ‘पेपर’ र कलम का साथै एउटा ठूलो ‘डस्टबिन’ मागेका थिए । उनको भनाई थियो, ‘काम गर्दा मबाट धेरै गल्ती हुन्छन् । लेखेका कागज फ्याल्नुपर्छ । ‘डस्टबिन’
सानो भयो भने छिट्टै भरिन्छ ।’ उनको मस्तिष्क नै उनका लागि विराट प्रयोगशाला थियो ।
अन्तरिक्ष, समय, प्रकाश, गुरुत्वाकर्षण लगायत भौतिकीको जुनसुकै क्षेत्रमा पाना पल्टाए तपाईंको आइन्सटाइनसँग जम्काभेट हुने निश्चित छ ।
१८ अप्रिल १९५५ का दिन यी महान ‘वैज्ञानिक’को निधन भयो । डा. थोमस हार्बेले यिनको मस्तिष्क चोरे राखे । २० वर्षपछि १९७५ मा आइन्सटाइनका छोराले अनुमति दिएपछि उनको मस्तिष्कका २४० टुक्रा पारेर संसारभरीका शोधकर्तालाई अनुसन्धानका लागि पठाइएको थियो ।
आइन्सटाइन मावनताको इतिहासकै सर्वाधिक ‘जिनियस’ मानिन्छन् ‘द ग्रेट जीनियस’ ।
आइन्सटाइनले आफ्नो जीवनमा अनेकौं पुस्तक एवम् ‘रिसर्च पेपर’ लेखे । उनको जीवन र कार्यबारे अनेकौं लेखकले कैयन पुस्तक लेखेका छन् ।