इस्टर्न हाइड्रोपावरको सेयर खुला

इस्टर्न हाइड्रोपावरको सेयर खुला
तस्बिर : बिएनएनसमाचार डट कम ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत ०३, २०७५

भोजपुर । पिखुला खेलामा निर्माण भइरहेको इस्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक सेयर खुला गरिएको छ ।

हाइड्रोपावरको मुख्य रूपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपलिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि सेयर खुला गरिएको इस्टर्न हाइड्रो पावर लिमिटेडले जनाएको छ । 

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म सेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । सेयर प्रभु बैंक भोजपुरमार्फत् लिन सकिने कम्पनीले जनाएको छ । अधिकृत राईका अनुसार सेयर आजदेखि १५ दिनसम्म खरिद गर्न सकिने छ । 

हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत् जनाइएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करिब एक अर्ब २० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको खबर राससमा छ ।