लोकसंवाद संवाददाता | समाज | असार २८, २०७७
कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ को पुछ्छेगाउँमा नमूना बस्तीमा बन्ने भएको छ । प्रदेश, सङ्घीय सरकार र नगरपालिकाको सहयोगमा ५० लाखको लागतमा नमूना बस्ती बन्न लागेको नगर उपप्रमुख मिमसरा बम (शाही) ले बताउनुभयो । 'नगरपालिकाले पहिलोपटक वडा ७ को पुछ्छेगाउँलाई नमूना बस्ती बनाउने निर्णय गरेकाले पहिलो प्रथामिकता सडकलाई दिएको छ', उहाँले भन्नुभयो, 'क्रमशः अन्य वडामा उत्पादन र भौगोलिकताका आधारमा केही न केही रुपमा नमूना बनाउँदै जानेछौँ ।'
अहिले पनि नगरकै वडा नं ८ र ९ लाई फलफूल पकेट क्षेत्र, लेकाली भागमा स्याउ जोन र औली भागमा सुन्तला पकेट क्षेत्र बनाउने उहाँले जानकारी दिनुभयो । नगरपालिका–१ देखि ९ सम्मका सबै वडामा उत्पादन आधारमा उत्पादनमा आधारित पकेट क्षेत्र र भूगोलका आभारमा एकीकृत नमूना बस्ती निर्माणको तयारीमा रहेको वडा नं ६ का वडाध्यक्ष टक्कबहादुर फर्सालले बताउनुभयो । 'उत्कृष्ट एकीकृत नमूना बस्ती बनाउने तयारी छ', उहाँले भन्नुभयो, “यस सडकलाई जिल्लाकै नमूनाका रुपमा बनाउने तयारी छ ।'