लोकसंवाद संवाददाता | कारोबार | असार २९, २०७७
ललितपुर । डिशहोमले सञ्चालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफर योजना अर्न्तगत 'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएकाे घोषणा गरिएकाे छ ।
डिशहोमले दिएकाे जानकारी २०७७ साल असार १९ गते देखि असार २५ गते सम्म 'फन्डट्रान्सफर'को माध्यमबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर 'लक्की ड्र' सम्पन्न भएको थियाे ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा 'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट गर्ने क्रममा यसरी घोषणा गरिएकाे हो ।
योजना अनुसार २ जना भाग्यशाली विजेता जनहीले १ लाख नगद प्राप्त गर्ने छन् । यो योजना अन्तर्गत २०७७ असार २६ गतेकाे भएको 'लक्की ड्र' मा बाट डिशहोमको सेटअप बक्स CAS ID No. 71913094877, 71914081915 का ग्रहाक भाग्यशाली विजेता छनौट हुन सफल भएका छ ।
को व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएकोछ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।
डिशहोमले ४४ हप्तादेखि सञ्चालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने यसअघि नै जानकारी दिएकाे छ । भएको छ । 'फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत अनुराेध डिशहोमले गरेकाे छ ।
ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो ' साप्ताहिक लक्की ड्र'मा सहभागी गराईने समेत जानकारी दिइएकाे छ ।