मध्यबिन्दुकाे बजेट स्वीकृत

मध्यबिन्दुकाे बजेट स्वीकृत

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३१, २०७७

नवलपरासी । मध्यविन्दुको सातौँ नगरभाले आगामी आव २०७७/७८ का लागि रु ७९ करोड ६१ लाख एक हजार ६३१ बराबरको बजेट पारित गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएकोे आगामी आवको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

आगामी आवका लागि नगरपालिकाले चालूतर्फ रु ३६ करोड ९१ लख ४६ हजार तथा पूँजीगततर्फ रु ४२ करोड ६५ लाख ५ हजार ५३१ बजेट विनियोजन गरेको छ । कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन, रोजगारी गुमाएका नागरिकलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउनु बजेटको मुख्य उद्देश्य रहेको महतोले बताउनुभयो । कृषि विकास कार्यक्रमका लागि रु ८६ लाख ८० हजार, पशुसेवा कार्यक्रमका लागि  रु ८५ लाख १० हजार, स्वाथ्य सेवा कार्यक्रमका लागि रु ९४ लाख ९७ हजार, शिक्षातर्फ रु एक करोड ७४ लाख ७३ हजार ८७० र  वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बराबरको बजेट विनियोजन गरिएको छ ।