कोभिड १९ का कारण रोकियो लाइसेन्स वितरण

कोभिड १९ का कारण रोकियो लाइसेन्स वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७७

ललितपुर । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण स्थगित गरेको छ।

मंगलबार कार्यालयले एक सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड(१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको छ ।

अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने कार्यालयले स्पष्ट पारेको छ।