लोकसंवाद संवाददाता | समाज | असार ३१, २०७७
ललितपुर । आज असार ३१ गते बुधबार लपुमनपा २७ नं वडा कार्यालय सुनाकोठीमा जनप्रतिनिधि तथा ठेकेदार कम्पनीकाबीच बसेको बैठकपछि हिजोदेखि बन्द रहेको सुनाकोठी चिबहालदेखि चौतारासम्मको सडकखण्ड तत्काल मर्मत गर्ने सहमति भएकाे छ ।
सहमतिका अनुसार तत्काल बाटोको खाल्डाखुल्डी पुर्ने तथा श्रावण मसान्तसम्ममा ढलनिकासको काम सम्पन्न गरिसक्ने साथै असोजको पहिलो हप्ताभित्र कालोपत्रे गरिसक्ने निर्णय भएको छ ।
बैठकमा प्रदेश साँसदद्वय राजकाजी मर्हजन तथा दिनेश मर्हजन, २६ र २७ वडाका वडाध्यक्ष, वडासदस्य तथा स्थानीयहरुको समेत उपस्थिति रहेको बताइएको छ ।