लोकसंवाद संवाददाता | कारोबार | साउन ०१, २०७७
काठमाडौं । हिजो असार ३१ गते बुधबार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोवार भएको सुन आज साउन १ गते बिहिबार तोलामा सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम छ। हिजो यसको मूल्य ९२ हजार आठ सय रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन पनि प्रतितोला सय रुपैयाँ घटेर ९२ हजार दुई सय ६० रुपैयाँमा कारोवार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला १००५ रुपैयाँमा यथावत छ।