सुनको मूल्य पाँच सय घट्यो

सुनको मूल्य पाँच सय घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ०२, २०७७

काठमाडौं । सुनको मूल्य आज फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

हिजो प्रतितोला सय रुपैयाँ घटेको छापावाल सुन ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँ घटेर ९१ हजार सात सय ६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।