विश्व बैंक यातायात पूर्वाधार सुरक्षामा चवन्न अर्ब ऋण सहयोग

विश्व बैंक यातायात पूर्वाधार सुरक्षामा  चवन्न अर्ब ऋण सहयोग

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ०२, २०७७

काठमाडाैं । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई ५४ अरब रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा २०७७ साउन २ गते शुक्रबार अर्थ मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ऋण सहयोगसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गर्नुभयो । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले सीमापार व्यापार तथा सडक सञ्जाल विस्तारसँगै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक वृद्धि, राष्ट्रिय एवं क्षेत्रीय एकीकरणमा परियोजनाबाट मद्दत मिल्ने र त्यसले दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताउनुभयो । 

बैंकले उपलब्ध गराउने उक्त रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता हो ।