परिवर्तन र विनाशकाे तुलना : पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !

परिवर्तन र विनाशकाे तुलना :  पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  साउन ०४, २०७७

   सहस्रयुगपर्यन्तमहर्यद् ब्रम्हणो विदु  ।
   रात्रिं युगसहस्रान्तां ते ऽहोरात्रविदो जनाः ।। १७ ।।

अन्वय र अर्र्थ – ब्रम्ह्ण  = ब्रह्माणको यत् = जुन, सहस्त्रयुगपर्यन्तं = एक हजार युगमा अन्त हुने, अहः = दिन र युगसहस्रान्तां = हजार युगको अवधि भएको, रात्रिं (च)  = रातलाई पनि, (ये = जो), विदुः = जान्छन्, ते जनाः = ती जनहरू, अहोरात्रविदः = दिन र रातको तत्व जान्ने अर्थात् कालको परिणाम जान्ने कहिन्छन् । 

भावार्थ – जुन मनुष्यहरू ब्रहाको हजारयुग पर्यन्तको एक दिन र हजार युगान्त रात्रिलाई जान्दछन् तिनैलाई नै अहोरात्रविद् भन्दछन् ।

विशिष्टार्थ – युगको अर्थ हो दुई, एक तान्नु र अनि एक छोड्नु । यस शरीरमा निश्वास र प्रश्वास हुने खेल अर्थात् श्वास तान्ने र छोड्ने यो क्रिया आठ प्रहर (२४ घण्टा) भित्र २१६०० पटक हुन्छ । क्रिया गर्दा गर्दा साधकको निश्वास र प्रश्वास शरीर भित्र जब अति सूक्ष्म भएर क्रिया गर्दछ, तव दिनमानको चार प्रहरमा १००० पटक र रात्रिमानको चार प्रहरमा १००० पटक यो २००० पटक नियमित (विना प्रयत्न) हुनाले, ब्राहीस्थिति पाएर (अ–२ को ७१–७२ श्लोक) अनि त्यसलाई भोगेर, बुझेर साधक ब्राह्मण हुन्छन् । त्यस कारण अहः = प्रकाश र रात्रि = अप्रकाश, यो प्रकाश र अप्रकाशको परिज्ञान लाभ गरेर अहोरात्रविद् हुन्छन् अर्थात् ब्राहीस्थिति  के हो भन्ने कुरा पनि जान्दछन् र जगत् व्यापार के हो त्यसलाई पनि साधक जान्दछन् । 

कस्तो अचम्म ! अघिसम्म 'म' सर्वज्ञ सर्वशक्ति कारण थियो, फेरि भूतहरूको ग्राम रूपमा शरीर धारण गर्‍यो ? त्यही शरीर बारम्बार मर्छ–जन्मन्छ फेरि जन्मन्छ–मर्छ । प्रकृतिको वशमा 'म' विवश भैरहेको छु रात्रिको विवशताले मलाई अटकाई राखेको छ, ढाकिराखेको छ ।

           अव्यक्तद्व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे ।
           रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके ।। १८।।

अन्वयार्थ – सर्वाः = सम्पूर्ण, व्यतmयः = चराचर प्राणीहरू, अहरागमे = दिनको आरम्भकाल अर्थात् ब्रम्हाको प्रबोध  कालमा, अव्यक्तात् = अव्यक्त (ब्रम्हको सूक्ष्म शरीर) बाट, प्रभवन्ति = उत्पन्न हुन्छन्, रात्र्यागमे = रात्रिको आगमनकाल अर्थात् ब्रम्हाले शयन गर्ने बेलामा, (पुनः = फेरि) तत्र = त्यस, अव्यक्तसंज्ञके = अव्यक्त नामक कारणरूपमा, एव = नै, प्रलीयन्ते = समस्त प्राणीहरू लीन हुन्छन् ।

भावार्थ – समस्त चराचर प्राणी ब्रम्हाको दिनको आरम्भ कालमा अव्यक्त (ब्रम्हा) बाट उत्पन्न हुन्छन्, अनि  रातको आगमनमा सोही अव्यक्त नामक कारण रूपमा नै प्रलीन हुन्छन् ।

विशिष्टार्थ – अव्यक्त = प्रकृति । यस प्रकृतिबाट नै सर्व अर्थात् जगत्को सृष्टि हुन्छ । साधक ! हेर, जब तिमी आवागमनको घेरामा परेर विषयहरूलाई आप्mनो अधीनमा राख्दथ्यौ, तब ती विषयहरूले तिमीलाई नै भोग गर्दथे । तब तिमी विषयहरूको भोक्ता नबनेर भोग्य बनिरहेका थियौ । परन्तु सद्गुरुको कृपाले जब तिमीले आज्ञाचक्रलाई भेदन ग¥र्यौ, तत्क्षणात् तिम्रो अहः आयो । रात जान्छ दिन आउँछ, यस प्रकारको समयलाई अहः भन्दछन्, सूर्योदय हुनै लागेको बेला । यस समयमा शरीरका रौंहरू स्पष्ट देखिन्छन् । आज्ञाचक्रलाई भेदन गरेपछि विवस्वान्को अत्यन्त नजिक भएर प्रकृतिको रूप, यौवन, वशीकरण सबै एक एक  गरेर प्रत्यक्ष गर्दछौ, यसबाट अव्यक्त प्रकृतिद्वारा नै यी सबै जो उत्पन्न भएर बाहिर आएका छन् स्पष्टतया संझन्छौ, दृढ पनि हुन्छौ कि अब प्रकृतिको फन्दामा पर्ने छैन । प्रत्यक्ष गर्छौ किगर्दैनौ ? यो तिम्रो क्रियाको परावस्थाको पूर्वावस्था हो, यो त भयो मुक्तिको बाटो । जब तिमीले प्रथम जीव वन्नका लागि कम्मर कस्यौ अर्थात् संसारलीलामा मग्न हुनका लागि निम्न गति लिएका थियौ,  आफ्नव  त्यो दिन फेरि एक पटक स्मरण गर । (चौथो अध्यायको १–२ श्लोक हेर) । जब तिमीले विवस्वान्लाई पछि पारेर चित्तको तल्लो स्तरलाई लक्ष्य गरेर अहंकारको आश्रय लिएका थियौ र मनलाई पनि लिएर विषयमा पहिलो स्पर्श गर्‍यौ, त्यही तिम्रो घोर अज्ञानता रूप रात्रि थियो जसको अन्धकारमा परेर तिमीले निज 'म' लाई देख्ने शक्ति पनि हराएका थियौ । तिमी जो यस्तो स्वप्रकाश हौ त्यो तिमीले पनि अव्यक्त प्रकृतिको गर्भमा प्रलीन भएर  जीव रूप धारण गरेका थियौ,  तिम्रो त्यही घोर दुर्दिनलाई रात्रि भन्दछन् । यही तिम्रो दिन र यही तिम्रो रात हो । जब तिमी 'आत्मा'मा रहन्छौ, तब तिमी सर्वज्ञ हुन्छौ र जब तिमी आत्महीन हुन्छौ तब सबै जानकारीलाई विर्सेर अज्ञ बन्दछौ, अनि अव्यक्तमा डुब्छौ ।

    भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते ।
    रात्र्यागमेऽवशः पार्थ प्रभवत्यहरागमे ।। १९ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! स एव = त्यो पूर्वकल्पमा भएको, अयं = यो, भूतग्रामः = भूत समुदाय, अवशः (सन्) = विवश भएको छँदो, भूत्वा भूत्वा = बारंबार उत्पन्न भएर, रात्र्यागमे = रात्रिको आगमनमा, प्रलीयते = प्रलयमा प्राप्त हुन्छ, (पुनः = फेरि), अहरागमे = दिनको प्रवेशकालमा, प्रभवति = उत्पन्न हुन्छ ।

भावार्थ – हे पार्थ ! यही त्यो भूत समूह विवश भएर बारंबार जन्म लिंदै रातको आगमनमा प्रलयमा प्राप्त हुन्छ, र फेरि दिनको आगमनमा उत्पन्न हुन्छ ।

विशिष्टार्थ – पाँच तत्वहरू मिलेर जहाँ निवास गर्छन् त्यसैलाई ग्राम भन्दछन् अर्थात् यो शरीर । त्यही शरीर पनि फेरि 'म' हुँ । कस्तो अचम्म ! अघिसम्म 'म' सर्वज्ञ सर्वशक्ति कारण थियो, फेरि भूतहरूको ग्राम रूपमा शरीर धारण गर्‍यो ? त्यही शरीर बारम्बार मर्छ–जन्मन्छ फेरि जन्मन्छ–मर्छ । प्रकृतिको वशमा 'म' विवश भैरहेको छु रात्रिको विवशताले मलाई अटकाई राखेको छ, ढाकिराखेको छ । कस्तो गरी ढाकिराखेको आश्चर्य ! रे कृपण साधक ! यो हेर, तिमीले जुन भोग लालसा छोड्न सक्दैनौ, यसको आनन्द त एक पटक लिएर हेर । फेरि देख्नेछौ, अहः आउनाले नै अर्थात् सूर्योदयको केही समय पहिले पूर्व गगनमा जस्तो ज्योतिको प्रकाश हुन्छ, अन्तरमा पनि त्यस्तै प्रकारको ज्योतिको प्रकाश हुनासाथ तिम्रो प्रभाव अर्थात् पूर्वस्वरूप दर्शन हुन्छ । परन्तु तिमी एउटै हौ, केवल तिम्रो दृष्टिमा फरक छ । 'सृष्टिमुखी' दृष्टि र 'त्वं–मुखी' दृष्टि ।

    परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात् सनातनः ।
    यःस सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ।। २० ।।

अन्वय र अर्थ – तु = किन्तु, तस्मात् = त्यो पहिले बताइएको, अव्यक्तात् = अव्यक्त भन्दा, परः = त्यसको पनि कारण भएको, यः = जो अन्यः = अर्को (अव्यक्तभाव), सनातनः = अनादि, अव्यक्तः = अव्यक्त, भावः = भावरूप ईश्वर, (अस्ति = छ), सः = त्यो, सर्वेषु = सम्पूर्ण, भूतेषु = ब्रम्हादि प्राणीहरू, नश्यत्सु (अपि) = नष्ट हुँदा पनि, नविनश्यति = नष्ट हुँदैन ।

भावार्थ – किन्तु त्यस अव्यक्त भन्दा पनि माथि जुन सनातनं अर्को (अव्यक्त भाव) छ, त्यो समस्त भूतहरू विनष्ट हुँदा पनि नष्ट हुँदैन ।

विशिष्टार्थ – अतएव् तिमी ब्रम्ह, व्यक्त, अव्यक्त दुबै मिलेर सनातन हौ । तिमी भूतहरू भित्र छौ, अथवा अव्यक्त अर्थात् अतीनिन्द्रय छौ तथा भूतको परिवर्तन हुँदा तिमीमा केही परिवर्तन हुँदैन । तिमीले कसैलाई विनाश पनि गर्न सक्दैनौ, तिमी कसैबाट विनाश पनि हुँदैनौ । 'म जस्तो छु त्यस्तै छु, पानीको स्रोत तथा समय जस्तो छ जन्म मृत्यु पनि त्यस्तै हो' ।

    अव्यक्तो ऽक्षर इत्युक्त स्तमाहुः परमां गतिम् ।
    यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम ।। २१ ।।

अन्वय र अर्थ – अव्यक्तः = अव्यक्त नै, अक्षरः = अक्षर, इति उक्तः = यस्तो श्रुतिहरूमा भनिएको छ, तं = सोही अक्षर नामक अव्यक्त भावलाई, परमां = परम, गतिं = गम्य पुरुष, आहुः = भन्दछन्, ”श्रुतिहरूले पनि भनेका छन् – पुरुषान्न परं किञ्चित् सा काष्ठा सा परागतिः” यं = जुन परम भावमा, प्राप्य = प्राप्त भएर, (जीव), न निवर्तन्ते = फेरि संसारमा फर्कदैनन्, तत् = त्यो,  मम = मेरो, परमं धाम (विष्णोः परमं पदं) = परमधाम हो ।

भावार्थ – अव्यक्त नै अक्षर हो, यस्तो भनिएको छ, उसैलाई (अव्यक्त संज्ञक अक्षरलाई) नै परमागति भनिन्छ । जसलाई प्राप्त गरेपछि पुनरावृत्ति हुँदैन, त्यही मेरो परमधाम हो ।

विशिष्टार्थ – अव्यक्त प्रकृतिलाई भन्दछन् । यस प्रकृतिको माथिको दिशाको शेष सीमा नै  'अहं–त्वं' को संयोग हो । यस संयोगको तलको दिशा 'त्वं' हो र माथिको दिशा 'अहं'हो । यो नै अक्षर अवस्था हो, यो उभयात्मक अवस्था नै परमागतिको प्रारम्भिक अवस्था हो, यसैमा प्राप्त  भएपछि फेरि संसारमा फर्कनु पर्दैन । अतः यसलाई मेरो परमधाम वा नित्यधाम भन्दछन् । यस धाममा गति भएपछि नै साधकलाई परमागति प्राप्त हुन्छ । त्यो जुन चित्तको माथिको स्तरको भाव हो, त्यो जुन प्रकृतिवशी भाव हो, जसलाई अक्षर अवस्था भन्दछन् (आठौं अ. को पहिलो श्लोक) , जुन  अवस्थामा  प्रकृतिको  समस्त  छल (माया)  (विज्ञान) जानिन्छ, प्रकृतिले पनि रुसाधकलाई अरू माया (छल) ले वशीभूत गर्न सक्ने छैन, यसरी प्रकृति निरस्त हुन्छ, अव साधकले पुनरावृत्तिमा लक्ष्य लिदैनन्, स्थायी ब्रम्हत्व प्राप्त गर्छन् । (पाँचौ अं को १३–१४ श्लोक हेर्नुहोस्) ।

    पुरुषः स परःपार्थ भत्तन्या लभ्यस्त्वनन्यय ।
    यस्यान्तः स्थानि भूतानि येन सर्वमिदं ततम् ।। २२ ।।

क्रमशः

ब्रम्हतत्व के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत केलाई भन्दछन् ? अधिदैव पनि कसलाई भन्दछन् ?

भूतशुद्धिकाे योजना के हाे ? यस जीव उपाधिलाई कसरी परित्याग गर्ने ?

साधक मुमुक्षु भएर आत्मयोग गर्दा शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

वेदको अर्थ हो ज्ञान : वेदविद् कसलाई भन्ने ?

सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था