लोकसंवाद संवाददाता | समाचार | चैत ०५, २०७५
काठमाडाैं । उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार (कटारी) मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् ।
गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफै साथीहरुलाई खेल्न सिकाउँथिन् ।
‘छोरी मान्छे पनि फुटबल खेल्ने ? लाज हुँदैन् ?’ धेरैले उनालई भन्थ्ये । ‘भागेर, लुकेर भएर पनि केटाहरुसँगै खेलिरहेँ,’ उनले सुनाइन् । हिराले भोर्लेमा २०-२२ जना केटी तयार पारे पनि बल थिएन् । ‘स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो । ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्याैँ र बल तयार पारेर खेल्न थाल्याैँ,’ उनले सम्झिइन् । यो समाचार आजको कान्तिपुर दैनिकको प्रथप पृष्ठमा प्रकाशित छ ।