मधुसूदन उपाध्याय | ज्ञानविज्ञान | चैत ०५, २०७५
स्टिफन हकिन्सबारे बिबिसी हिन्दीले आफ्नो फेसबुक पेजमा एउटा प्रश्न पोस्ट गर्यो– यदि स्टिफन हकिन्स भारतमा जन्मेको भए के हुन्थ्यो ?
तमाम फेसबुक प्रयोगकर्ताले यसमा आफ्नो प्रतिक्रिया पोस्ट गरे ।
पोस्ट गरिएका केही प्रतिक्रियालाई टिप्दै मधुसुदन उपाध्यायले आफ्नो प्रतिक्रिया लेखे । उनको प्रतिक्रियाले विज्ञान तथा हिन्दू धर्मको बारेमा अदभुत सामजस्य स्थापित गर्छ ।
शायर मुनीरको एउटा शेरबाट विषयवस्तुमा प्रवेश गरौं ।
भ्रमित यसरी बनायो प्रकाशले जुनकिरीलाई दियो बालेर प्रकाशको खोजीमा भड्किरहेछ
बालसुलभ निर्दोषिता, अनन्त जीजिविषा र हिमालय जस्तो दृढ इच्छाशक्ति भएका ७६ वर्षीय ‘किशोर’ भौतिक शास्त्री स्टिफन हकिन्स ‘ब्ल्याक होल’भन्दा पनि पारीको यात्रामा गए ।
अन्तर्राष्ट्रिय मीडियाले हिन्दू धर्म दर्शनका विरुद्ध कसरी काम गर्छ त्यसको एउटा उदाहरण हेरौं । यो हाम्रो आत्मालोकनको समय हो ।
बिबिसी प्रश्न गर्छ, ‘स्टिफन भारतमा जन्मेको भए के हुन्थ्यो ?
माधव श्रीमोहन भन्ने व्यक्तिले कमेन्ट गर्छन्, ‘अहिलेसम्म स्टिफनको ‘घरबापसी’ भइसक्थ्यो । उनी सीतारमण हरेकृष्ण भइसक्थे । जीवनभरि गाई र गौमूत्रमा ‘रिसर्च’ गर्थे ।
मोहम्मद रिजवानले लेखे, ‘भारतमा हकिन्स जन्मिएको भए बाल्यकालमै उनको मस्तिष्कमा कोहिनुर भरिने काम हुन्थ्यो र उनी जीवनभरि पकौडा बेच्थे ।’
अंशुल शर्माले लेखे, ‘भारतमा जन्मेको भए स्टिफनले ‘इन्टरनेसनल स्पेस स्टेसन’मा राम मन्दिर स्थापना गर्थे, आफू बस्ने घरलाई ‘भगवा’ रंगमा रंगाउँथे ।
गोवर्धन भन्नेले लेखे, ‘उनी भारतमा जन्मेको भए ‘ब्रह्मसूत्र’ र ‘वेद’ अध्ययन गर्थे र सृष्टि निर्माणको सटिक कारण र प्रक्रिया बुझ्ने प्रयास गर्थे ।’
काश्मीरा नामक व्यक्तिले लेखे, ‘सरकारको तर्फबाट उनलाई सर्वश्रेष्ठ सम्मानको सट्टा समाज कल्याण परिषद्द्वारा ‘व्हील चेयर’ उपलब्ध गराइन्थ्यो ।’
सन्दीप लेख्छन्, ‘धार्मिक कर्मकाण्डमा निमग्न हुन्थे र केही पनि गर्ने थिएनन् ।’
अखिलेश प्रताप सिंहले लेखे, ‘भारतमा जन्मिएको भए स्टिफनलाई ‘देशद्रोही’ घोषित गरिन्थ्यो ।’
कुमार कृष्णले लेखे, ‘अयोध्यामा राममन्दिरको ‘डिजाइन’ बनाउँथे ।’
माधव श्रीमोहन भन्ने व्यक्तिले कमेन्ट गर्छन्, ‘अहिलेसम्म स्टिफनको ‘घरबापसी’ भइसक्थ्यो । उनी सीतारमण हरेकृष्ण भइसक्थे । जीवनभरि गाई र गौमूत्रमा ‘रिसर्च’ गर्थे ।
सन् २०१४ मा स्टिफन हकिन्सले फेसबुक ‘ज्वाइन’ गर्दा आफ्नो पहिलो पोस्टमा आफ्ना प्रशंसक तथा विद्यार्थीलाई ‘जिज्ञासु’ बन्ने सन्देश लेखेका थिए ।
दुर्भाग्य हामीकहाँ डाक्टर इन्जिनियर, सिए बन्नु नै पुरुषार्थ मानिन्छ ।
स्टिफनले अर्को पोस्टमा लेखेका थिए, ‘सृष्टि रचनाले मलाई सधैं अचम्मित तुल्याउँछ । समय र अन्तरिक्ष सधैंका लागि रहस्य रहन सक्छन । तर, म यिनका रहस्य खोतल्ने आफ्नो प्रयास छाड्दिनँ ।’
पोस्टमा अगाडि लेखिएको थियो, ‘एक–अर्कोसँग अबको समयमा हाम्रो सम्बन्ध झनै व्यापक बनेको छ । मसँग अब फेसबुकजस्तो माध्यम छ, जसको प्रयोगले म आफ्नो यात्राका अनुभव तपाईंहरूसँग बाँड्न सक्छु । तपाईंहरू जिज्ञासु बन्नुस् । मलाई आफ्नो बारेमा थाहा छ म जीवनभरी जिज्ञासु रहिरहन्छु ।’
मलाई जनवादी कवि आशुतोष दुबेको भनाई पूर्णतया उपयुक्त लाग्यो, ‘स्टिफन हकिन्सलाई के थाहा हुनु, उनी भारतका ‘देखा–देखीवादी’ फेसबुक प्रयोगकर्तामाझ कति ‘पपुलर’ बैज्ञानिक थिए !’
यस ‘पपुलरिटी’को कारण ब्रह्माण्डका रहस्यप्रतिको आम जिज्ञासा हुनु हो । यसका साथै स्टिफनका ती ‘लेक्चर’ हुन्, जसमा उनी ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैनन् एवम् ‘एलियन’बारे चर्चा गर्छन् ।
स्टिफन आजीवन नास्तिक रहे, उनले ईश्वरको सत्ता स्वीकार गरेनन् । उनको यसै दृढ मान्यताबारे मलाई चियोचर्चो गर्न मन लाग्यो ।
तपाईं हामी सबैलाई थाहै छ, ‘भारतीय मनीषाको सार्वभौमिक सर्वोत्कृष्ट वैचारिकी उपनिषद् हुन् ।’
उपनिषद्मा एउटा प्रश्न छ, ‘त्यसलाई कसरी बुझ्ने जसलाई सबथोक थाहा छ ?
संस्कृतमा– ‘विज्ञातारम् केन मेर विजानियात् ।’
अब हेरौं स्टिफन के भन्ने हुन्छ । आफ्नो पुस्तक ‘थ्योरी अफ एभ्रिथिङ’मा उनले लेखेका छन्, ‘ब्रह्माण्डको निर्माण स्पष्ट रूपमा परिभाषित सिद्धान्त अनुसार भएको हो ।’
उहाँ अगाडि थप्नु हुन्छ, ‘यी सिद्धान्त हामीलाई स्पष्ट जवाव दिन पर्याप्त हुने छैन कि ब्रह्माण्डको निर्माण कसरी भयो र यो कता जाँदैछ, एवम् के यसको अन्त हुन्छ तथा यदि अन्त भयो भने कसरी हुन्छ ? यदि हामीलाई यी सबै प्रश्नको उत्तर पाइयो भने हामी ईश्वरको मस्तिष्क तथा समस्त रचनाधर्मित बारे बुझ्न सक्छौं ।’
स्टिफल हकिन्सले लेखेको यस प्रसंग र उपनिषद्को प्रश्नमा साम्यता छैन र ?
स्टिफल हकिन्सको सबैभन्दा महत्वपूर्ण एवम् घतलाग्दो भनाई थियो, ‘मोर्डन साइन्स इज मोर अबाउट इन्टिग्रेसन अफ हाट वी आलरेडी नो ।’
स्टीफलनले भौतिक विज्ञानका कैयन बेग्लाबेग्लै तर समान रूपले मूलभूत क्षेत्र जस्तै गुरुत्वाकर्षण, ब्रह्माण्ड विज्ञान, क्वान्टम थ्योरी, सूचना सिद्धान्त र थर्मोडायनामिक्सलाई एक सँगै व्याख्या गरे । तर, स्टिफनलाई सम्झिदै गर्दा, उनलाई सम्मान दिँदै गर्दा हामीले दुई जना व्यक्तिलाई बिर्सनु हुन्न । तीमध्ये पहिलो हुन ‘क्याम्ब्रिज कस्मोलिजिस्ट’ डेनिस स्काइमा, यिनकै निर्देशनमा स्टिफनले आफ्नो पिएचडी गरेका थिए । डेनिससँगै चर्चा गर्दा हकिन्सलाई अनुभूति भयो, ‘बिग बैंग’ वास्तवमै ‘ब्ल्याक होल’को उल्टो पतन हो ।
दोस्रो व्यक्ति हुन्, उनका मित्र पेनरोज, यिनकै सहयोगमा स्टिफनले प्रमाणित गरे, ‘सामान्य सापेक्षताको अर्थ हो, ब्रह्माण्डको उत्पत्ति ‘ब्ल्याक होल’को केन्द्र (सिंगुलरिटी)बाट भएको हो ।
अरूण उपाध्यायले आफ्नो संस्मरणमा, ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, श्रीमद्भागवत गीता र भागवत पुराण स्कन्ध ३ अध्याय ११ मा कालको विभिन्न परिभाषामा बडो सम्यक समालोचना गरेका छन् ।
‘स कालः परमाणुवै यो भुङ्क्ते परमाणुताम् ।’
अर्थात् परमाणु दुरीलाई प्रकाशले जति समयमा पार गर्छ त्यो कालको परमाणु हो । ध्यान विन्दु उपनिषद्मा मनुष्य शरीरभन्दा साना ७ वटा स्तरको चर्चा गरिएको छ । यो क्रमशः १–१ लाख भाग साना हुन्छन् । यस अनुसार सबैभन्दा सानो आकार १.३५×१०–३५ मिटर हुन्छ । भौतिक विज्ञानका अनुसार सबैभन्दा सानो लम्बाई, ‘प्लांक लेन्थ’ले यसको पुष्टि गर्छ ।
यो दूरीलाई प्रकाशले १ सेकेण्डको १०–४३ सेकेण्डमा पार गर्छ । यो नै समयको सबैभन्दा सानो इकाई कालको परमाणु अथवा भौतिक विज्ञानले भनेको ‘प्लांक टाइम’ हो । हकिन्सले आफ्नो पुस्तकमा विग बैंक भएको यसै समय उपरान्त (१०–४३) बाट विश्व वर्णन प्रारम्भ गर्नुभएको थियो ।
हिन्दू दर्शनमा विज्ञान थिएन भन्नु अल्पज्ञानबाहेक केही हुन सक्दैन । प्रारम्भमा उल्लेख गरिएको मुनीरको दुई पंक्तिको शेर यस प्रसंगमा ठ्याक्कै मेल खान्छ ।