लोकसंवाद संवाददाता | कारोबार | साउन ०७, २०७७
काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसका कारण असामान्य परिस्थितिमा तारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर सुविधाले केही राहत दिन सक्ने जानकारी दिएको दिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले २०७७ साउन ६ गते प्रेस जानकारी असामान्य परिस्थितिमा ग्राहक वा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपरेको अवस्थामा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको टेलिफोनमा ट्रान्सफर सुविधाले केही राहत दिन सक्ने जानकारी दिएको छ ।
टेलिकमले जारी गरेको प्रेस जानकारीमाकोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन गरेर प्रेस जानकारी Work from Home अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई बिस्तारै आत्मसात् गरिरहुन् परेको सन्दर्भमा टेलिफोनमा ट्रान्सफर सुविधाले राहत दिन सक्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाल टेलिकमले विगतदेखि नै तारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्ने सुविधा दिँदै आएको जानकारी दिएको छ । टेलिकमका अनुसार सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरू नछुटाई अर्को फोनमा उठाउन सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।
नेपाल टेलिकमले दिएको जानकारी अनुसार यी सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिने र सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी Direct Call Transfer अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिने व्यवस्था गरिँदै आएको जनाएको छ । यो सुविधा लिए पछि कल गरिएको नम्बर व्यस्त भएमा Busy Transfer अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा ट्रान्सफर मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने छ ।
कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लककाेड ग्राहक आफैँले परिवर्तन पनि गर्न सुविधाहरू देशभरका नेपाल टेलिकमका लेण्डलाइन नम्बरहरूमा उपलब्ध छन् । सबै सुविधाहरू Activation र Deactivation गर्न आफ्नो एक्सचेन्ज अनुरूप केही Keyword हरू डायल गर्नुपर्ने हुन्छ भनी प्रेस जानकारीमा उल्लेख गरिएको छ ।