सुनको रेकर्ड मूल्य, एकै दिन तोलामा १३ सय बढ्यो

सुनको रेकर्ड मूल्य, एकै दिन तोलामा १३ सय बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ०७, २०७७

काठमाडौं ।  सुनको मूल्य आज (साउन ७ गते बुधबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन १३ सय रुपैयाँले बढेको हो।

यसअघि छापावाल सुनको सर्वाधिक मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ।