'हली भएस् होइन धेरै हली होउन्' भन्ने आशीर्वादको मनोविज्ञान र हलोको समाज शास्त्र

'हली भएस् होइन धेरै हली होउन्' भन्ने आशीर्वादको मनोविज्ञान र हलोको समाज शास्त्र

रूपक अलङ्कार  |  दृष्टिकोण  |  साउन ०७, २०७७

हलो कृषिकाे प्रमुख औँजार हो । हलोको लामो परिभाषा गर्नु हुन्न कृषिप्रधान मुलुकमा बसेर ! तर हलो हाम्रो देशको मात्र निजी सम्पत्ति हैन । हलो जोतेर पेट पाल्नेहरू यस संसारमा धेरै छन् । हलोको छाँटकाँट फरक होलान् । तौर तरिका फरक होलान् । हलो तान्ने तागत फरक होलान् । मान्छे, गोरु, गधा, रांगो वा अन्य । स्थान र परिस्थिति अनुसार हलो परिचालन र प्रयोगमा विविधता अवश्य  पनि देखिन्छ । 

हलोको आविष्कार यो संसारको सबैभन्दा ठुलो उपलब्धि हो भन्ने लाग्छ मलाई । मानव सभ्यताले पाषाण युगबाट कृषि युगमा फड्को मारेपछिको महत्तम आविष्कार हलो हो । अत्याधुनिक प्राविधिक युगको डिलमा उभिएर हेर्दा हाम्रा आँखाले हलोलाई दुईवटा भाँटा मात्र देख्न सक्छ । त्यस्तो हुनु भनेको विशाल पीपलको छायामा बसेर जरा नदेख्नु जस्तै हो । हलो बनाउने मस्तिष्क न्युटन र आइन्स्टाइनभन्दा पक्कै पनि कमजोर होइन । हलो कृषिको आधार हो । कृषिक्रान्तिको निसान हो । आधुनिक कृषिप्रणालीको जग हो ।

हलोको प्रविधि हेर्दा कुटो कोदालो भन्दा पछिको हो भन्न सकिन्छ । यद्यपि हलोको इतिहास खोतल्नका लागि अनेक परिश्रम भएका छ्न् । तिनको सूची प्रस्तुत गर्नु यहाँको आवश्यकता होइन । यो त हलोका विषयमा बसिबियाँलो मात्र हो । कुटो कोदालो लिएर माटामा घोप्टिइरहने किसानका लागि हलो वरदान बन्यो । मान्छेले भन्दा सयौं गुना जमिन हलोले जोत्न सक्ने भयो । विशाल फाँटहरू हराभरा हुने भए । अन्नको उत्पादन प्रशस्त हुने भयो  । अन्न र पशुकै कारण मान्छे सम्पन्न हुने त्यस समयमा सम्पत्तिको आधार पनि हलो बन्ने नै भयो ।

हलो र सहरको त चरम दुस्मनी छ त्यसकारण हलोमा जातको प्रेत अल्झेको थियो । सहरबाट ट्याक्टर आएपछि त्यो प्रेतात्मा मुक्त हुने क्रममा  छ । यस वर्ष ट्याक्टर जोतेर हली भइयो । आफ्नो खेत त ज्योतियो ज्योतियो छिमेकीको खेत पनि जोतेर उधुम गरियो । अहिलेसम्म मेला गएको अनुभव नभएको मैले जोतेबापत दुई छाक भात पनि खानुपर्‍यो । म पेसापरिवर्तन गरेर खेतीपातीमा लागेको होइन । त्यसैले यो अनुभव सुखद् नै भयो तर खेत जोतेरै खान त सजिलो कहाँ छ र ?

आफ्ना पशुधन अघि लगाएर यत्रतत्र भौँतारिने मान्छेले जब खेती गर्न थाल्यो  तब उसले पशुलाई मात्र बाँधेन आफुलाई पनि बाँध्यो । प्रायस् मांसाहार, वन्य फलफुल र कन्दमूलमा आशृत मान्छे खेती लगाएर फलुन्जेल र पाकुन्जेलसम्मका लागि बाँधियो ।  अन्नको स्वादको लत बसेपछि मान्छेले स्थायी रूपले खेतीपाती गर्ने नै भयो । खेतीका लागि मल चाहिने भयो . जसका निम्ति गोठको आवश्यकता पर्‍यो । एवं रित्या पशुपालन र खेतीपातीमा अभ्यस्त हुँदै आएको मनुष्य गणले कृषि प्रविधिमा पनि नयाँ नयाँ प्रयोग, परिष्कार आविष्कार गर्दै गयो । कुटो, कोदालो, हलो, हँसिया, खुर्पा आदि यसै चरणका आविष्कार हुन्  ।

जहाँ  जे  भेट्टायो त्यही खाएर जीविका चलाउने मानिस अब अन्न थुपारेर राख्ने अनि वर्षभरि पुर्‍याएर खाने अवस्थामा पुग्यो । जसले धेरै पशु जम्मा गर्न सक्यो, जसले धेरै अन्न थुपार्न सक्यो उही ठालु हुने समयको सुरुवात भयो ।  सम्पत्ति थुपार्ने र शक्ति बटुल्ने प्रतिष्पर्धा सुरु भयो । निश्चित छ जसका धेरै खेत छ्न्, जसका धेरै गोरु छन्, जसका धेरै हलो छन् उही महाजन हुने नै भयो । साच्चै भन्ने हो भने राज्यसत्ता र निजी सम्पत्तिको उद्भवमा हलो को अहम् भुमिका रह्यो । जनक राजाले हलो जोत्दा सीता भेटे । बलरामले हलोले तानेर यमुना नदीलाई नै बंग्याइदिए । 

यज्ञ गर्नुपूर्व हलोले जोतेर यज्ञभूमि शोधन गर्नुपर्ने विधानका कारण हलोको वांमय वैदिककालसम्म लम्बिन पुग्छ । जनक राजा त आफैँ हली भैहाले । बलरामको अर्को नाम हलायुध हो । उनको आयुध (निजी हतियार) हलो थियो । उनी खेती मात्र हलाले गर्दैन थिए युद्ध पनि हलैले गर्थे । यी तथ्यहरूबाट पनि तत्कालीन अवस्थामा हलो कति अनिवार्य थियो भन्ने कुरा अवगत हुन्छ । हलो वैदिक र पौराणिक साहित्यमै प्रशंसनीय थियो । साहित्यमा प्रयुक्त हुनु भनेको सामाजमा अनुमोदित हुनु हो । 

जब घरमा धेरै हल गोरु र धेरै ओटा हलो भए त्यसपछि हलीको पनि जरुरत हुने नै भयो । आफ्नै अन्न तथा गोधनले पुग्ने मान्छे हली बस्न तयार हुने कुरै भएन । जो निमुखो छ, जो दरिद्र छ, जो विपन्न छ त्यही हली बस्ने भयो । हलोको उत्पत्तिसँगै हलीको वर्ग पनि उत्पत्ति  भयो । तत्कालीन समाजमा कुन वर्गको मान्छे हली बन्न लायक थियो होला त्यो स्वतस् ज्ञानगम्य नै छ । निम्नवर्गीय र निम्नजातीय  मान्छे हलीका लागि योग्य बन्यो । ठिकै छ ! कसैले काम त पायो । पेट त पाल्यो  । 

अर्को कुरा आफुलाई अभिजात र सम्भ्रान्त ठान्नेहरूले हलो नजोत्ने भए । हली नोकर भयो, हलिया भयो, दास भयो, कमारो भयो । जोत्न लगाउने मान्छे मालिक भयो । जमिनदार भयो । विष्ट भयो । हलीलाई हेर्ने र मालिकलाई हेर्ने दृष्टिकोण पनि निर्माण भयो । अन्न उत्पादन गरेर संसारलाई पाल्ने मान्छे हेपियो । उसको कर्म तुच्छ मानियो । ऊ कर्महारा भयो । आशीर्वाद दिनेले हली भएस् भनेन, घरमा धेरै हली होउन् भन्यो ।  हामीलाई पनि पढिनस् भने हली हुन्छस् भनेर तर्साइरहे । नपढ्ने मान्छेले मात्र रेछ हलो जोत्ने भन्ने पारिरहे । 

हाम्रातिर उपाध्याय ब्राह्मणले हलो जोत्दैनन् हलो जोतेमा जातिच्युत भइन्छ । जात जान्छ । यसलाई हलो जातिवाद भन्नु कि नभन्नु ! (जातीयताको विवाद छेड्नु मेरो उद्देश्य होइन । म त सामाजिक वस्तुस्थिति भन्दै छु ।) हलो जोत्नका लागि कम्तिमा पनि जैसी हुनुपर्छ । हलो जोत्ने बाहुनका पाणिग्रहण चल्दैन। यस्तो सामाजिक रीति देशका अन्य भागमा पनि अवश्यमेव होलान् नै । हुन त अरूको पेसा व्यवसायमा टांग अड्याउनु राम्रो होइन । तर सामाजिक नियत त स्वच्छ हुनुपर्‍यो नि ! 

हलो क्रान्ति हाम्रै भूगोलमा भएको हो । प्रख्यात कवि केवलपुरे किसान हलोक्रान्तिका नायक यतैका हुन् । उनले पहिलो दशकमै  हलो जोतेर क्रान्तिको उद्घोष गरे तर उनको परिवारले भने पछिसम्म त्यसको सामाजिक प्रताडना खप्नै पर्‍यो । यो उदाहरण हो । तर यो मुलुकमा उपाध्याय ब्राह्मणहरू हत्तपत्त हलो समाउँदैनन् । अर्को कुरा महिलाले हलो जोत्न हुन्न भन्ने मान्यता पनि छ क्यार ! कुनै फाँटमा महिलाहरू हलो जोतिरहेको देख्न पाइएको छैन । यस मान्यतालाई चिर्दै साहित्यकार क्रान्तिकारी महिला कविता पौडेल (साहित्यकार मोदनाथ प्रश्रतकी श्रीमती)ले हलो जोत्दा त्यस समयमा समाजमा ठुलै भुइँचालो आयो रे ! सबै महिलाका निम्ति सँधै हलो जोत्ने काम सहज हुँदैन तर आइमाईले हलो जोत्नु हुन्न भन्ने मान्यता चाहिँ उपयुक्त होइन । कुनै घरमा त लोग्ने मान्छेका तुलनामा महिला नै फुर्तिला र हक्की हुन्छन् । सकेका खण्डमा तिनलाई समाजले हलो जोत्न किन नदिने ? कृषि उत्पादनजस्तो पवित्र काममा यस्तो पक्षपात नै खेदजनक छ । 

हलो बोक्न भयो । जुवा बोक्न भयो । गोरु पाल्न भयो। गोरु नार्न भयो तर अनौ समाएर हह भन्न भएन ! लिँडुल्को चढ्न भयो । उखु पेल्ने कलमा गोरु घुमाउन भयो । दाईँ गर्न भयो । हलो जोत्न भएन  । यस हिसाबले पनि हाम्रो खेतीपाती अघि बढिरह्यो जहिलेसम्म गोरु र हलोको दरकार पर्‍यो । हलो जोत्ने भूगोलमा अद्यापि प्रचलन यस्तै हो । केही वर्षयता गोरुलाई ट्याक्टरले विस्थापित गरिरहेको छ । अहिले गोरुको गोबर ओखतीका लागि  अलिकति चाहिहाल्यो भनेपनि पाउन मुस्किल हुँदै गएको छ । जोत्न त परै जाओस् । ट्याक्टरका कारण बाहुनले जोत्न हुन्न भन्ने मान्यता मर्‍यो । ट्याक्टर नै पहिला बाहुनले बेचे,बाहुनले किने , बाहुनले जोते !

लुगा सिलाउने, जुत्ता बनाउने, दारु बेच्ने, भाँडाकुँडा बेच्नेजस्ता सहरमुखी व्यवसायमा जात हराउँदै गएको हो । तर हलो र सहरको त चरम दुस्मनी छ त्यसकारण हलोमा जातको प्रेत अल्झेको थियो । सहरबाट ट्याक्टर आएपछि त्यो प्रेतात्मा मुक्त हुने क्रममा  छ । यस वर्ष ट्याक्टर जोतेर हली भइयो । आफ्नो खेत त ज्योतियो ज्योतियो छिमेकीको खेत पनि जोतेर उधुम गरियो । अहिलेसम्म मेला गएको अनुभव नभएको मैले जोतेबापत दुई छाक भात पनि खानुपर्‍यो । म पेसापरिवर्तन गरेर खेतीपातीमा लागेको होइन । त्यसैले यो अनुभव सुखद् नै भयो तर खेत जोतेरै खान त सजिलो कहाँ छ र ?

गोरुकै जमाना भएको भए गुरुले हलीभात खाने स्थिति बन्दैनथियो । प्रविधि र मेसिनले पनि त हाम्रा सामाजिक तथा साँस्कृतिक मान्यतालाई नजानिदो गरी खारेज गर्दा रहेछ्न् । हामी त्यस विषयमा चुक्क बोल्न भ्याउँदा रहेनछौँ भ्याए पनि लजाउँदा रहेछौँ ।