टेलिकमका प्रिपेड तथा पोस्टपेड सेवाकाे समयावधि थप: १ हजारमा दुई वर्षसम्म सिम प्रयोग गर्न सकिने

टेलिकमका प्रिपेड तथा पोस्टपेड सेवाकाे समयावधि थप:  १ हजारमा दुई वर्षसम्म सिम प्रयोग गर्न सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ०९, २०७७

काठमाडाैँ । नेपाल टेलिकमद्वारा वितरण गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जाने र विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न  सकिने जानकारी  दिएकाे छ । 

नेपाल टेलिकम  प्रवक्ता राजेश जोशीले २०७७ साउन ८ गते बिहिबार दिनु भएकाे  एक   प्रेस जानकारी  अनुसार सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि थप गरिएकाे जानकारी  दिइएकाे छ । 

 प्रिपेड सिमकार्डतर्फ

कम्पनीले उपलब्ध गराएकाे नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु -SIM Activate_गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने तथा SIM Activate गरेपश्चात् सो अवधिसम्म Top Up नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिने व्यावस्था मिलाइएकाे जनाइएकाे छ । प्रिपेड सिमकार्डको हकमा ५०  रुपयाँ  गर्दा ३० दिन,  १ सय रुपपाँ  Top Up गर्दा ६० दिन,  ५ सय रुपपाँ  रुपपाँ  गर्दा  एक वर्ष र १ हजार रुपयाँ  Top Up गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिने व्यावस्था गिरएकाे छ। 

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड Top Up गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम Frozen अवस्थामा पुग्छ ।Frozen अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य  हुने टेलिकमले जानकारी  दिएकाे छ । 

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र Top Up गरिएमा Top Up गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ Top Up गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड Frozen मा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा Recycle गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ । 

पोस्टपेड सिमकार्डतर्फ

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम -Due Amount_ उक्त मोबाइलको Credit Limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल  नउठ्ने व्यावस्था गरिएकाे छ । 

नब्बे दिनसम्म पनि  Due Amount भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम Frozen मा जान्छ ।Frozen मा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द -Terminateहुन्छ ।

ग्राहकको सिम Terminate अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र  ५६०  रुययाँ Reconnectin Fee  भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम Terminate भएको १८० दिन पश्चात कम्पनीले सिम Recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/ वितरण गर्न सक्ने जानकारी  दिएकाे छ ।
 
 विदेशबाट Top Up गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने

विदेश जाँदासँगै लगेको Prepaid÷Postpaid SIM Online Banking, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै Top Up गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active  अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने  नेपाल टेलिकमद्वारा जारी  प्रेस जानकारीमा उल्लेख छ   ।