लोकसंवाद संवाददाता | समाज | साउन ०९, २०७७
संखुवासभा । मकालु गाउँपालिका-२ टासीगाउँ बस्ने ११ वर्षीय ङिमा शेर्पाको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ङिमा उङगेल शेर्पाको अलैचीं बारीमा रहेको सुकेको उतिसको रुख काटने क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।