लोकसंवाद संवाददाता | समाज | साउन ०९, २०७७
चितवन । भरतपुर महानगरपालिका-२ गंगोत्री मार्गस्थित अनिल बहादुर जिसीको मुक्ति सु-सेन्टरमा बिहीबार राति विद्युत सर्ट भई आगलागी हुँदा सँगै जोडिएको अर्जुन कार्कीको ओम ब्याग हाउस र सुमन आर्ट पसलमा समेत आगो फैलिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।