एकल महिलालाई सोलार

एकल महिलालाई सोलार

लोकसंवाद संवाददाता  |  समाज  |  साउन ११, २०७७

जाजरकोट । गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।  

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताउनुभयो । एकल महिलाले अर्थाभावमा  छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न  विपन्नलाई सोलार वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोेराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ ।