लोकसंवाद संवाददाता | समाचार | साउन १२, २०७७
काठमाडौं । नेपाली भिक्षु सुगन्ध महास्थविर ९डा। अनिलमान शाक्य० थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान ‘फ्रा देवशाक्यवंशपण्डिता’ बाट विभूषित हुनुभएको छ ।
यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति हार्दिक बधाई ज्ञापन गरेको छ । विगतमा झै आउँदा दिनहरुमा पनि उहाँ गहकिला बुद्ध शासनिक कार्यहरुमा अनवरत रुपमा लागिरहन सकून भनी समूहले शुभकामना व्यक्त गरेको छ ।