केन्द्र र प्रदेश २ बीच फेरि खटपट

केन्द्र र प्रदेश २ बीच फेरि खटपट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०७, २०७५

काठमाडौं । प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ)को वन तथा वातावरण मन्त्रालय मातहत सञ्चालित केन्द्रीय योजना ‘सागरनाथ वन विकास परियोजना’ खोसेर आफू मातहत लगेको छ ।

गत फागुन २४ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वन तथा वातावरण मन्त्री रामनरेश रायको ठाडो प्रस्तावमा उक्त परियोजना प्रदेशअन्तर्गत राखेर संरक्षण, व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको निर्णयबारे मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार छलफल भएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।