गृह मन्त्रालयले भन्यो : सुरक्षा ‘थ्रेट’ बढ्यो, जथाभावी कार्यक्रममा नजानू

गृह मन्त्रालयले भन्यो : सुरक्षा ‘थ्रेट’ बढ्यो, जथाभावी कार्यक्रममा नजानू

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०७, २०७५

काठमाडौं । विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भिभिआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो ।

राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ । मन्त्रालयले भिभिआइपी र भिआइपीका नाममा जारी गरेको पत्रमा अहिलेको विसम परिस्थितिलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने व्यहोरा उल्लेख गरिएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।