धुवाँ नफाली फोहोर जलाउने प्रविधि परीक्षण गरिँदै

धुवाँ नफाली फोहोर जलाउने प्रविधि परीक्षण गरिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०८, २०७५

काठमाडौं । धुवाँ नफाली फोहोर जलाएर खरानी बनाउने प्रविधि परीक्षण गरिने भएको छ । इरमा इन्टरनेसनल कम्पनीले जापानी प्रविधि ‘वेस्ट टु वेल्थ’ नेपाल भित्र्याउन  लागेको हो । सहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेका वेला कम्पनीले वातावरणमैत्री प्रविधि ल्याउन लागेको दाबी गरेको छ । ‘यो प्रविधिले प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन गर्न सहज हुनेछ,’ कम्पनीका अध्यक्ष प्रभाकर शाहले भने । 

कम्पनीले यही महिना तीनवटा मेसिन ल्याउने जनाएको छ । फोहोर जलाउने र त्यसबाट उत्पादन भएको धुलो प्रशोधन गरी मल र अलकत्रा बनाउने मेसिन ल्याउन लागेको शाहले बताए । प्रविधि काठमाडौं महानगरपालिका र प्रदेश ३ ले परीक्षण गर्ने भएका छन् । कम्पनीले परीक्षणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफलसमेत गरिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।