लोकसंवाद संवाददाता | समाचार | चैत ०८, २०७५
काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो।
बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार प्रकाशित गरेको थियो।समाचार प्रकाशित भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरो सचिव रेश्मीराज पाण्डेले सेनाको धारणाबारे जंगी अड्डासँग स्पष्टिकरण मागेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।