लोकसंवाद संवाददाता | समाज | साउन २२, २०७७
नवलपुर । मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा मध्यबिन्दु–११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ
कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको स्थानबाट करिब साढे एक किलोमिटर तल कुमालको शव फेला परेको जानकारी दिनुभयो । सोमबारदेखि नवलपुरको तापक्रम एक्कासि बढ्दै जाँदा यहाँ अत्यधिक गर्मीको महसुस गर्न थालिएको छ ।