ज्ञानमित्र | ज्ञानविज्ञान | चैत ०८, २०७५
शंकराचार्यको महावाक्य ‘ब्रह्म सत्यम जगतमिथ्या’ दर्शनमा रुचि राख्ने प्रायः सबैले पढेकै हुन्छन् । अद्वैतवादी शंकरले ब्रह्मलाई मात्र सत्य, त्यस बाहेकको समस्त जगतलाई मिथ्या परिभाषित गर्नुभएको छ । साइन्सले जब यो बुझ्ने चरणमा प्रवेश गर्यो, सारा भौतिक वस्तु परिवर्तनशील छन्, केहीको स्थायी सत्ता छैन÷रहन्न । सबै वस्तु ऊर्जाका प्रारूप हुन् र ती ऊर्जामा पुनः परिवर्तित हुन्छन् । समस्त ब्रह्माण्ड ऊर्जाले भरिएको छ, ब्रह्माण्ड अरु केही नभएर ऊर्जाको प्रारूप हो । ब्रह्माण्ड अनन्त छ, ऊर्जा अनन्त छ । न यसको कतै प्रारम्भ स्थल पत्ता लाग्यो न हब्बल टेलिस्कोपले यसको विस्तार तथा अन्त नै पत्तो पाउन सक्यो ।
जति हेर्दै गयो, जति नाप्दै गयो, आकाश अझ ज्ञात हुँदै जान्छ । नाप्दै जाने र नयाँ विस्तार संज्ञानमा आउँदै जाने क्रम यथावत नै छ । नयाँ खोज अनुसार ९३ अर्ब प्रकाश वर्ष किमिसम्म यसको विस्तार ज्ञात हुन आएको छ । यो दूरीलाई एउटै वाक्यले बुझ्दा सजिलो हुन्छ, ‘कल्पनातीत’ । गीताको रचनाकारले कृष्णको मुखबाट यसबारे यसरी भन्न लाएका छन्, ‘न आदि न अन्तः न च संप्रतिष्ठा’ ।
आधुनिक विज्ञानको खोजले पनि म जस्ता सामान्य मानिसका लागि शंकरको अर्काे एउटा महावाक्य, ‘भज गोविन्दम, भज गोविन्दम, गोविन्दम भज मूढमते’ जपेर बस्नमै कल्याणको बाटो प्रशस्त हुन्छ भने जस्तै छ ।
तर, मन न हो सजिलै मान्छ कहाँ ? मेरो मात्र कहाँ धेरैको मन मानेन । म जस्ताको मनले नमान्दा पनि के नै लर्छाछ ? तर, जब रामानुज जस्ताको मन बुझ्दैन अनि उनले प्रश्न उठाउन थाल्छन्, अनि शंकरको अद्वैतभन्दा फरक विशिष्ट अद्वैतको अवधारणा प्रकट हुन्छ । ‘घट’भित्रको आकाश ‘घटाकाश’ र बाहिरी आकाश एउटै हुन्, ‘घट’ फुटेपछि यी दुवैमा अन्तर रहन्न, त्यसरी नै ब्रह्म एउटै हो । अब प्रश्न उठ्छ– ‘घट’ रहुन्जेल ‘घट’चाँही के हो ? अँध्यारोमा डोरीमा सर्पको भान हुन्छ । तर नजिक गएर हेर्दा सर्पको भान मेटिन्छ, संसार त्यस्तै हो । तर, फेरि डोरी त बाँकी नै रह्यो । डोरीमा सर्पको आभास जस्तै संसार मिथ्या छ । तर, बाँकी बचेको डोरीचाँहि ब्रह्म हो कि मिथ्या संसार ? यही डोरी प्रकरणमै रामानुज, माधवाचार्य, निम्र्बाकले आफ्नो बुद्धि खियाए । अद्वैत, विशिष्ट अद्वैत, द्वैताद्वैत परिभाषित भए । तर के सत्यको निक्र्याैल हुन सक्यो त ? सत्य परिभाषित हुनुको सट्टा ‘अपनी अपनी ढपली अपनी अपनी राग’ बन्न पुग्यो भन्नुमा धृष्टता देखिए पनि परिस्थिति यस्तै छ ।
पृथ्वी झण्डै झण्डै गोलाकार छ । तर, तपाईं र मैले आफ्ना आँखाले हेर्दा के यो गोलो देखिन्छ ? पृथ्वीवासी सायदै कसैको आँखाले यो गोलो देखिन्छ होला ? हामीले देख्ने चेप्टो र विज्ञानका आँखाले हेर्ने गोलो यी दुवै नै सत्य होइनन् र ! तर, विज्ञानको सत्य महसुस गर्नलाई पृथ्वीको कक्षबाट पारि त पुग्नै पर्छ ।
तपाईंको मोवाइलमा आउँ, जस्तो कि: तपाईंलाई थाहा छ– प्रत्येक ‘भर्चुअल रियालिटी’ अथवा ‘डिजिटल प्रोजेक्सन’ ‘पिक्सल’बाट बनेको हुन्छ, ‘पिक्सल’भन्दा सानो केही हुन सक्दैन । ब्रह्माण्ड पनि ‘पिक्सलेटेड’ छ, एक ‘पिक्सल’को साइज १.६१६१९९x १०-३५ हुन्छ । ब्रह्माण्डको यस सबैभन्दा सानो दूरीको युनिटलाई ‘प्लांक डिस्टेन्स’ भनिन्छ । ब्रह्माण्डमा समयको सबैभन्दा सानो एकाई ५.३९१०६x१०-४४ सेकेण्ड हो । यसलाई ‘प्लांक टाइम’ भनिन्छ । कुनै पनि ‘सफ्टेवयर गेममा’ एक ‘पिक्सल’लाई ‘प्रोसेस’ गर्न लागेको न्यूनतम समयलाई त्यस ‘सफ्टेवयर’को ‘म्याक्सिमम प्रोसेसिङ स्पिड’ भनिन्छ ।
पृथ्वीका मनिषिले ‘युनिभर्सल ट्रुथ’को खोजी गर्नु नै आात्मश्लाघा होइन र ? धर्तीका समस्त धर्म सत्यकै खोजी गर्न निमित्त उत्पति भएका हुन् । चाहे वेदका ऋचा हुन्, उपनिषदका सूत्र हुन् वा पुराणका कथा हुन्, शास्त्रको चर्चा /परिचर्चा होस्, बाइबलको वाणी होस्, कुरानको आयत होस् । अवतारवादको सेरोफेरोदेखि लिएर वर्तमान युगसम्मको गुरुडम सबैले आ–आफ्नो अवधारणालाई सत्य भनी स्थापित गर्ने प्रयास गरेकै हुन् । तर, सत्यको सौन्दर्य यति गजब बाँधिएन कुनै अवधारणामा, भाषित, परिभाषित, अनुशाशित भयो सबैमा, तर अटाउन सकेन कहीँ पनि । पोखियो, छचल्कियो ‘ओभर फ्लो’ भएर गयो अनन्तमा ।
बीसौं शताव्दीको प्रारम्भमै विज्ञानले तेज गतिबारे सत्य स्थापित गर्यो– यस ब्रह्माण्डमा सबैभन्दा तेज गति प्रकाशको हो, २,९९,७९२ किमि÷सेकेण्ड । योभन्दा तेज गति हुन सक्दैन ।
प्रश्न उठ्न सक्छ– प्रकाशको गति ५ लाख किमि किन छैन अथवा २ लाख किन छैन ? यसको कारण यो हो, यस ब्रह्माण्डको ‘फन्डामेन्टल स्ट्रक्चर’ नै यही हो । यो तल–माथि भएमा ब्रह्माण्डका नियम भताभुंग हुन्छन् र यो सम्पूर्ण सृष्टि नै नष्ट हुन्छ । प्रकाश हो के, अनि यसको कार्य के ? प्रकाश सुक्ष्मतम ‘फोटान’ कणहरू हुन् । यसको कार्य ब्रह्माण्डभरी रहेका दुइटा कणका बीच सूचना आदान–प्रदान गर्ने हो, चाहे हेर्नलाई होस्, विद्युतका निमित्त होस् वा ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’ । संसारको सबै काममा दुइटा वस्तु एक आपसमा ‘फोटान’ आदान–प्रदान गर्छन् । तपार्इं टेबुलमा रहेको किताब हेर्नुहुन्छ, तपाईंलाई लाग्छ– किताबबाट प्रकाश परावर्तित भएर तपाईंको ‘रेटिना’मा त्यसको प्रतिबिम्ब बनेको हो । यो जानकारी बितेको युगको कुरा भयो । प्रकाशलाई किताबमा रहेका ‘इलेक्ट्रोन्स’ले ‘अब्जर्भ’ गर्छन् । र, किताबका ‘इलेक्ट्रोन्स’ ‘एक्साइटेड’ भएर नयाँ ‘फोटान’ जन्माउँछन्, यिनै ‘फोटान’ तपाईंको आँखासम्मको यात्रा गरेर ‘रेटिना’मा किताबको चित्र बनाउँछन् । तपाईं कहिले पनि ट्युबलाइट अथवा सूर्यद्वारा उत्पन्न प्रकाश हेर्नुहुन्न मात्र वस्तुद्वारा उत्पन्न प्रकाश हेर्नुहुन्छ ।
‘इलेक्ट्रोन्स’द्वारा ‘फोटान्स’को यो ABSORPTION र EMISSION प्रक्रिया प्रत्येक ‘एलिमेन्टस’का अणुका लागि फरक फरक ‘फ्रिक्वेन्सी’मा हुन्छ । वास्तवमा यो नै वैज्ञानिकहरूका लागि ब्रह्माण्ड अध्ययनको ‘इलेक्ट्रोम्याग्नेटिक’ झ्याल हो ।
तपाईंको मोवाइलमा आउँ, जस्तो कि: तपाईंलाई थाहा छ– प्रत्येक ‘भर्चुअल रियालिटी’ अथवा ‘डिजिटल प्रोजेक्सन’ ‘पिक्सल’बाट बनेको हुन्छ, ‘पिक्सल’भन्दा सानो केही हुन सक्दैन । ब्रह्माण्ड पनि ‘पिक्सलेटेड’ छ, एक ‘पिक्सल’को साइज १.६१६१९९x १०-३५ हुन्छ । ब्रह्माण्डको यस सबैभन्दा सानो दूरीको युनिटलाई ‘प्लांक डिस्टेन्स’ भनिन्छ । ब्रह्माण्डमा समयको सबैभन्दा सानो एकाई ५.३९१०६x१०-४४ सेकेण्ड हो । यसलाई ‘प्लांक टाइम’ भनिन्छ । कुनै पनि ‘सफ्टेवयर गेममा’ एक ‘पिक्सल’लाई ‘प्रोसेस’ गर्न लागेको न्यूनतम समयलाई त्यस ‘सफ्टेवयर’को ‘म्याक्सिमम प्रोसेसिङ स्पिड’ भनिन्छ ।
हाम्रो ब्रह्माण्डरूपी ‘सफ्टेवयर’ बन्ने बेला सबैभन्दा सानो ‘पिक्सेल’लाई ‘प्रोसेस’ गर्नमा लागेको सबैभन्दा सानो समयको अनुपात गणना गरी हेरौं, अर्थात् ‘प्लांक डिस्टेन्स’÷ ‘प्लांक टाइम’ १.६१६१९९x १०-३५ ÷ ५.३९१०६x१०-४४ गरी हेर्नुस् जवाफ आउँछ– २,९९,७९२ । यही नै प्रकाशको गति हो । ब्रह्माण्डमा प्रकाशको गति नै सर्वाधिक यस कारणले छ किनकि यो नै ब्रह्माण्डरूपी ‘सफ्टेवयर प्रोग्रामको ट्रान्सिस्टर्स’को अधिकतम गति हो ।
ब्रह्माण्डमा देखिने सबैथोक कणले बनेका हुन् । कण ‘इनर्जी’को ‘भाइब्रेसन’ मात्र हो । ‘क्वान्टम–ली वेव’ रूपमा कण सधैं ‘सुपर स्टेट पोजिसन’ मा उपस्थित हुन्छ । पदार्थका रूपमा तब मात्र प्रकट हुन्छ जब कोही द्रष्टा हुन्छ अथवा कुनै ‘बडी सेन्सस’द्वारा सम्पर्कमा आउँछ । विज्ञानको आधुनिक प्रयोगशालामा यो धेरै पटक प्रमाणित भइसकेको छ ।
अब सत्य के हो ? ‘इनर्जीको भाइब्रेसन’ सत्य हो कि अणुको अस्तित्व ? कतै शंकराचार्यको आँखामा यस्तो क्षमता थियो कि वस्तु तथा कणलाई होइन उनी ‘इनर्जी स्ट्रिंग’को ‘भाइब्रेसन फ्रिक्वेन्सी’ अर्थात् ‘वाइनरी डिजिटल’लाई हेर्न सक्थे ! ०–१, फेरि ०–१ फेरि पनि ०–१ । छैन, छ, छैन, छ पनि, फेरि छ, फेरि छैन पनि । अनि उनको अभिव्यक्ति किन यस्तो नहोस, ब्रम्ह सत्यम जगत मिथ्या ।