लोकसंवाद संवाददाता | समाज | साउन २५, २०७७
काठमाडाैं । बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम शुरु भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । भौतिक पूर्वाधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सासम्मको सडक मर्मत गर्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमाटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिइएको हो । अहिले खच्चरमार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम शुरु गरिएको छ ।