गण्डकी मेडिकल कलेज खुल्यो, मनमुटाव हटेन

गण्डकी मेडिकल कलेज खुल्यो, मनमुटाव हटेन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०९, २०७५

पोखरा । डेढ महिना लामो गतिरोधपछि गण्डकी मेडिकल कलेज शुक्रबारबाट सञ्चालनमा आएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा बिहीबार काठमाडौंमा भएको सर्वपक्षीय वार्तामा कलेजले बढी लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमतिपछि कलेज खुलेको हो । यद्यपि विद्यार्थी र व्यवस्थापनबीचको मनमुटाव अझै हटेको छैन ।

कलेज पुन: सञ्चालन भए पनि शुक्रबार विद्यार्थी र शिक्षक फाट्टफुट्टमात्रै पुगेकाले पढाइ भएन । आगामी आइतबारदेखि कलेजका कक्षा पनि सुचारु हुने भएको छ । कलेजको कार्यवाहक पि्रन्सिपलको जिम्मेवारी प्रकाश बरालले पाएका छन् ।

गत शनिबारै विद्यार्थीहरूले तालाबन्दी खोले पनि कलेजको अस्पतालका सबै विभाग पूर्णरूपमा सञ्चालनमा आएका थिएनन् । त्रिवि पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच सहमतिपछि बिहीबार साँझबाट नै अस्पतालका सबै विभागमा चिकित्सक र कर्मचारी नियमित भएका थिए । आजको कानितपुर दैनिकमा खबर छ ।