सरकारले रुकुम घटनाको ज्यान गुमाएका परिवारलाई प्रतिसदस्य १० लाख दिने

सरकारले रुकुम घटनाको ज्यान गुमाएका परिवारलाई प्रतिसदस्य १० लाख दिने

लोकसंवाद संवाददाता  |  समाज  |  साउन २७, २०७७

काठमाडौं । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ।

सोमबार साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराउनु भएको हो । ।

सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए ।

घाइते सबैको सरकारले निशुल्क उपचार समेत गर्ने भएको छ।

रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो।