बिहारमा महागठबन्धनको सिट बाँडफाँड

जेएनयुका कन्हैया आउट

बिहारमा महागठबन्धनको सिट बाँडफाँड

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०९, २०७५


काठमाडौ । भारतको बिहार राज्यका विपक्षी दलहरुबीच सिट बाँडफाड टुंगिएको छ ।

२२ मार्चका दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल र कांग्रेसको प्रतिनिधिले सिट भागवण्डाको जानकारी दिएका थिए  ।
पत्रकार सम्मेलनमा दुबै पार्टीका कुनै ठुलाको उपस्थित थिएन । 

बाँडफाँडमा राष्ट्रिय जनता दललाई २० सिट, कांग्रेसलाई ९ सिट, आरएलएसपीलाई ५ सिट, हम पार्टीलाई ३ सिट र भीआइपी दललाई ३ सिट प्राप्त भएका छन । बिहारमा लोकसभामा ४० सिट छन । 
महागठबन्धनमा कम्युनिष्ट दल सहयोगी रहेको बताइएपनि सीपीआइ(माले) लाई राजदको २० सिट मध्ये १ सिट दिने भनिए पनि कुन सिट दिइएको स्पष्ट गरिएको छैन ।

नयाँ घट्नाक्रममा सीपीआइ महागठबन्धनमा सम्मिलित नहुने भएको छ । जेएनयुका विद्यार्थी कन्हैया कुमारको महागठबन्धनबाट चुनाव लडने चर्चा रहेको थियो । अब कन्हैया कुमारलाई महागठबन्धनबाट चुनावी टिकट पाउने ढोका बन्द भएको छ । कन्हैया सीपीआईसँग आवद्ध रहेका छन ।