लोकसंवाद संवाददाता | समाचार | चैत ०९, २०७५
काठमाडौ । भारतमा चुनावको मिति नजिकिंदै जाँदा दलहरुले प्रत्याशीको नाम सार्वजनिक गर्ने क्रम बढ्दै गइरहेको छ ।
यसै क्रममा भारतको विहार राज्यका लागि सत्ताधारी एनडीए गठबन्धनले राज्यका ४० वटै सिटका उम्मेदवार तोकेको छ ।
बिहारमा एनडीए गठबन्धनमा तीनवटा दल रहेका छन । भारतीय जनता पार्टीले राज्यका ४० सिट मध्ये १७, जनता दल युनाइटेड(नीतिश)ले १७ सिट र लोकतान्त्रिक जनता पार्टी (रामविलास) ले ६ वटा सिटमा चुनाव लड्ने घोषणा अनुसार उम्मेदवार तोकेका छन् ।
भाजपाले राज्यको पश्चिम चंपारण(बेतिया),पूर्वी चंपारण (मोतिहारी), मुजफ्फपुर,सारण, महाराजगंज, शिवहर, मधुवनी, दरभंगा, उजियारपुर,बेगुसराय, पटना साहिब, पाटलिपुत्र, आरा,बक्सर,सासाराम,औरंगाबाद र अररिया क्षेत्रमा चुनाव लड्दैछ ।
यसैगरी जदयुले वाल्मिकी नगर, सीवान, गोपालगंज, जहानाबाद, गया, काराकट, मधेपुरा,सुपौल, झंझारपर, सीतामढी, पूर्णिया, किशनगंज,बाँका, भागलपुर, मुंगेर, नालन्दा र कटिहार निर्वाचन क्षेत्रमा चुनाव लड्दैछ ।
केन्द्रीय मन्त्री रामविलास पासवानको लोजपाले हाजीपुर, समस्तीपुर, जमुई, नवादा, खगडिया र बैशाली निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछ ।
विहारको विपक्ष िमहागठबन्धनले यस अघि नै आफ्ना उम्मेदवार घोषणा गरिसकेको छ ।
दुबै गठबन्धनले राज्यमा आ–आफ्ना गठबन्धनले जित्ने दाबी गरेका छन् । एनडीए गठबन्धनले राज्यका ४० सिट मध्ये ३५ सिटमा आफ्नो प्रत्याशी विजयी हुने आंकलन गरेको छ ।
याे पनि