ज्ञानमित्र | साहित्य | साउन ३०, २०७७
'कुन स्मृतिमा हराउनु भयो' राघवको आवाज़ले मेरो तन्द्रा भंग भयो।
'तपाईले भनेकै 'इन्ट्यशन' बारेको एउटा घटना समझना आयो'।
'के कुनै खास प्रसंग हो ' ?
मेरा लागि जीवन नै खास होइन, यसमा घटेका घटना 'अ टेल टोल्ड बाई एन इडियट' भन्दा फरक छैनन ।
'टेल टोल्ड बाई इडियट ! साउण्ड नाइस । यो 'इडियट' त्यों 'इडियोटिक' कथा सुन्न चाहन्छ, राघवले हाँस्दै भने । तर पहिला पेट पूजा गरेर आऊं।
राघवको उधारी खाने पसल कुल्लुको रघुनाथ मंदिरको 'गेट' छेउमै थियो। युवा हिमाचली दम्पतिले पसल चलाएका थिए। श्रीमती भने अति नै मिलनसार र बोलैया हुनुका साथै प्रबल धार्मिक थिइन । मलाई हेर्न साथ ख़ुशी भइन। मलाई थाहा थियो नेपाली बाबा फर्केर आउनु हुन्छ, तपाईँको साथीलाइ भने विश्वास थिएन। उनले बड़ो स्नेहपूर्वक भोजन गराइन।
भोजन पश्चात् हामी धेरै बेरसम्म रघुनाथ मन्दिरको प्राङ्गनमा बसी रह्यो । मधुर कथा छ यस मन्दिरसंग गाँसिएको । यस बारेको विवरण कुल्लु दशहराको प्रसंग आउँदा उल्लेख गर्नेछु।
कोठामा फर्के पछि राघवले 'इडियोटिक' कथा सुनाउने कर गरे। प्रसंग नेपालकै भएकोले लेख्न अलिक अप्ठेरो पनि लागि रहेको छ।
२००३ को शिवरात्रि पछि म र हालीना फर्फिंगको रालो रिम्पोछे गुम्बाको 'गेस्ट हाउस'मा आफ्नै किसिमको साधना गर्न बसेका थियौ। हामीले शुरुको झण्डै ५० दिन पुरै 'फास्टिंग' गरेका थियौ। मह, कागती र तातो पानी मै ५० दिन बिताएका थियौं। यस पछि पनि हामी झण्डै ३५-४० दिन फर्फिंग मै बस्यौ तर पछिल्ला दिनमा भने एक समय भोजन अथवा बिहान नास्ता खाने चलन चलायौ। पछिल्लो अवधिमा हामी 'मॉर्निंग वाक्' अथवा 'इवनिंग वाक्' मा फर्फिंग र दक्षिणकालीका डाँडाकाँडा घूमने गर्थ्यौं।
आमा मन्दिरको पुजारी परिवारसँग हाम्रो राम्रै हेलमेल भइसकेको थियो। हामी मन्दिरभित्र घण्टौ ध्यान गरेर बस्थ्यौं।
एक दिन हालीनाले एउटा गोप्य साधना गर्ने प्रस्ताव गरिन। प्रस्ताव थियो- हामी रातभरी मन्दिरभित्र बसेर अनुष्ठान र ध्यान गर्छौ।
'तर यसका लागि पुजारी परिवारको स्वीकृति चाहिन्छ' मैले भने।
यो तिम्रा लागि कुन ठूलो कुरा हो, तिमी केही न केही उपाय लगाउन सकी हाल्छौ नि ! हालीनाले सहज भावमा भनिन।
'हामी त्यहाँ एउटा 'फायर' पूजा गरेर यो अनुमति प्राप्त गर्न सक्छौ'।
'गुड़', यसका लागि हामी आउने 'नो मून डे' (औँसी) रोज्छौ। उनले मेरो प्रस्ताव स्वीकार गर्दै भनिन।
भोलीपल्ट गएर हामीले मन्दिरका पुजारीसँग मन्दिरमा एउटा होम गर्ने इच्छा व्यक्त गर्यौ, हामीले फर्फिंगमा बसेर २ महीना ध्यान साधना गरेका छौ, समापन पूजा-होमका साथ गर्न चाहन्छौ।
उनले ख़ुशी साथ अनुमति दिए।
हामीले आउने औसीको बेलुकी होम आयोजना गरी दिन र तत पश्चात् आफुहरु रातभरी मंदिरमै ध्यान गरेर बस्ने भन्यौ।
उनले सहमति दिए। ऊनीसँग पूजामा चाहिने सामाग्रीको लिस्ट टिपेर हामी फरकियौ।
औसीको बिहान हामी पूजा सामाग्री किनेर मन्दिरतिर जादै थियौ। बाटोमा मैले भने -मलाई लाग्दैन ती पुजारीले हाम्रा लागि 'फायर' पूजा गर्छन।
'यु शटअप' । हामी पूजा सामाग्री लिएर जादैछौ। उनले पूजा गर्ने सहमति ख़ुशी साथ दिएका छन। तिमी आफ्ना 'निगेटिभ' विचार आफैसंग राख, व्यक्त गर्नु पर्दैन।
सामाग्री लिएर हामी मन्दिर पुग्यौ। पुजारीको श्रीमतीबाट थाहा भयो, हिजो राति नै पुजारी सिकिस्त बिरामी भएर काठमाडौँको मोडेल अस्पताल भर्ना भएका छन्। हालीनाले आग्नेय नेत्रले मतिर हेरिन।
काठमाडौँको मोडेल अस्पतालमा त्यस बेला मेरो एकजना केटी साथीको साथी नर्स थिइन। मैले उनलाई फोन गरेर बिरामीको अवस्थाबारे सोधेर आवश्यक सहयोग गरी दिन अनुरोध गरे।
अब होम कसरी हाल्ने,कसले हाल्ने ? मैले पुजारीको श्रीमतीसँऊ सोधें।
तपाईहरुलाई आपत्ति हुँदैन भने म होम हाल्छु। देवी आमाको कृपाले मेरो श्रीमानलाइ पनि भलो हुन्छ होला ।
हामीलाई आपत्ति हुने कुरै थिएन। हामी साँझमा ६ बजे आउने भनेर 'गेस्ट हाउस' तिर लाग्यौ।
निर्धारित समयमा हामी मन्दिर पुग्यौ। हाम्रो महिला पुरोहितले सबै कुरा व्यवस्थित गरी सकेकी थिइन ।
उनले बड़ो श्रद्धा, समर्पण, भक्ति भावले अनुष्ठान सम्पन्न गरिन। हामीले उनलाई ११-११ सय दक्षिणा दिएर धन्यवाद भन्यौ।
हामी रातभरी नै बेदी प्रज्वलित गरी राख्न चाहन्थ्यौ, उनले रात भरी पुग्ने दाउराको व्यवस्था गरी दिइन। उनको बसाई मन्दिरसँगै जोडिएको घरमा थियो। राति मन्दिरको कुनै पनि बत्ती न निभाउनु होला, जंगलमा चितुवा आएको छ र राति कुनै आवश्यकता पर्यो भने बोलाउनु होला भनेर उनी झण्डै १० बजे आफ्नो बासस्थानतिर लागिन।
राघव स्कुलबाट फर्किनु अघि नै म कोठाबाट निस्किए, सोझै साइबर क्याफे। हालीनाको 'मेल' थियो। मैले मान भारतीलाइ भेटेकोमा उनी अति प्रसन्न थिइन। उनले अनेक प्रकारले मलाई 'वारियर' कै संज्ञा दिएकी थिइन। रवि गिरीको कुटियाको नारायण दर्शनको प्रसंगबारे उनको मप्रति उच्च मूल्याङ्कन रहेको थियो। राघवले 'भमिट' गर्दा मैले आफ्नो 'प्रोग्राम क्यन्सिल' गरेर मद्दत गरेको बारे उनको टिप्पणी थियो- यो नारायणले लिएको तिम्रो परीक्षा थियो, तिमी उसलाई छाडेर हिडेको भए नारायण तिमीलाइ छाडि जानू हुन्थ्यो।
उनी गएपछि हामीले आफ्ना विभिन्न 'रिचुअल' गर्यौं । ती सबैको यहाँ खुलस्त गर्ने न त मलाई अनुमति छ र न त आवश्यकता नै। समग्रमा हामी रातभरी जागाराम बसेर बिहानी भएपछि 'गेस्ट हाउस' गयौ।
२-३ दिन पछि कुनै कामले काठमाडौँ आउनु पर्यो। हालीनाले हाम्रो महिला पुरोहितलाइ उपहार दिन एउटा सारी किन्न भनिन।
भोलीपल्ट बिहान हामी आफ्नो पुरोहितलाइ सारी दिन मन्दिर जाने बाटोमा हिडीरहेका थियौ।
सारी मेरो हातमा थियो । सारी माथी उफार्दै र पुनः समाउदै मैले भने -यो सारी ती महिलाले लाउन पाउदिनन।
के मतलब ?
मतलब मलाई थाहा छैन। तर उनले यो सारी प्रयोग गर्दिनन।
'यु मीन शी विल नट लाइक दिस सारी'?
'आई डोंट नो शी विल लाइक अर नट, बट आई एम् स्योर, शी विल नट यूज इट' ।
'इट्स हर फ्रीडम, शी यूज अर प्रजेंट समबडी एल्स' ।
'मे बी, बट आई डोंट नो इट विल काज अफ फ्रीडम अर समथिंग एल्स ' !
हेर तर्कशास्त्री उनलाई यो सारी उपहार दिनुले मलाई आनन्द दिन्छ। उनले मैले दिएको उपहार आफु प्रयोग गरेर आनन्द लिन्छिन अथवा कसैलाइ यो सारी उपहार दिएर आनन्द लिन्छिन, यो उनको स्वतन्त्रता हो।
हाली, जीवन र जीवनका क्रियाकलाप यति सहज, सरल, सुबोध ,सुगम्य, सुस्पष्ट, समथर हुने भएको भए वेद पछि केही लेखिनु आवश्यकता हुने थिएन, आइंस्टीन पछि बोहर, प्लान्कले केही गर्ने ठाउँ नै रहने थिएन।
सामान्यतया तिमी मलाई नामले बोलाउदैनौ, यो मैले विगत २ वर्षमा 'मार्क' गरेको कुरा हो। विशेष अवस्थामै तिमी नाम लिन्छौ। कुरा के हो ,स्पष्ट भन त ?
तपाई यो सारी उनलाई उपहार दिन पाउनु हुन्न, यो भन्दा बढ़ी मलाई केही थाहा छैन।
यो तिम्रो 'ओभर कॉन्फिडेंस' र बाहियात कुरा हो ,जुन ५-७ मिनट मै मिथ्या साबित हुन्छ , मन्दिर पुग्न लाग्दाका अंतिम खुड़कीला चढ्दै उनले भनिन।
म गलत साबित भएमा सबैभन्दा बढ़ी ख़ुशी मलाई नै हुनेछ।
मन्दिर बाहिर सेतो सारीमा एउटी महिला बसेकी थिइन, उनी अरु कोही नभएर हाम्रो पुरोहितिनी नै थिइन। हामी मन्दिर जानुभन्दा पहिला उनकै छेउमा गयौ।
आमाले पुजारीजीलाई लानु भयो, उनले निर्विकार भावले भनिन। केही बेर उनको छेउमा बसेर मैले लगेको सारी आमाको विग्रह सामु राखी दिए।
बाटोमा हालीना बम्किन -तिमीले सारी किन्दा मलाई किन भनेनौ, किन रोकेनौ ? म रातो सारी बाहेक अन्य रंगको सारी अथवा अन्य केही थोक किन्न सक्थे।
म बाथरूम जान अथवा तपाई बाथरूम जान बाहेक हामी एक मिनेटलाई पनि छुट्टिदैनौ ,मलाई कसरी केही थाहा हुन सक्छ ?
मलाई तिम्रो 'सेकेण्ड लास्ट सेन्टेन्स - म आफ्नो हातले उनलाई सारी दिन पाउँदिन अझै 'स्ट्राइक' गरीरहेछ। 'हाउ क्यान समबड़ी प्रिडिक्ट सो क्लियरली' ?
'नो, नो। दैट वाज नट माई प्रीडिक्सन, दैट वाज माई स्टेटमेंट' ।
'बट हाउ यु मेक दैट' ?
मलाई थाहा छैन। मलाई जे लाग्यो त्यों भनेको थिए।
उनले औँलो ठड्याउदै भनिन् -मलाई सम्झना छ तिमीले पहिला पनि पुजारीले हाम्रो लागि पूजा गर्दैनन भनेका थियौ । त्यों पनि सही भएको थियो। यसको अर्थ तिमीसँग एक प्रकारको 'इन्ट्यूशन पावर' छ। सांसारिक कुरा र चटक देखाउनलाई त यो ठीक होला । तर आध्यात्मिक मार्गमा यो राम्रो होइन। तिमीले यसलाई छाड्नु पर्छ। आजैदेखि संकल्प लेउ तिमीलाई जेसुकै पुर्व भान भए पनि तिमी त्यसलाई जाहिर गर्दैनौ। यो आत्मघाती खेल हो। यसले तिमीलाई आध्यात्मिक पतनतिर लैजान्छ। त्यसै रात १२ बजे कोठामै 'भर्चुअल रिचुअल' गर्दै मैले यस्तो कुनै पनि पुर्व भान भएका कुरा सार्वजानिक नगर्ने संकल्प लिए।
राघव यो 'इंट्यूशन' थियो कि के मलाई थाहा छैन ,तर त्यस दिन उपरान्त मैले समय अगाडिका घटनाबारे बोल्न ,मनन गर्न छाड़ि दिए।
'इट वाज नट ओनली इंट्यूशन समथिंग मोर टू' तपाईले भविष्यका अनुभूतिबारे ध्यान दिन छाडे पनि तिनको केही न केही आभास त तपाईलाई हुन्छ , र शायद एक किसिमले ती प्रति पराभूत भएर तपाई त्यस अनुसार बर्ताव गर्नु हुन्छ।
दोश्रो दिन बिहान राघव स्कुल गए पछि म स्नान उपरान्त फेरी सुते। मान भारतीलाई भेट्न जानू थियो तर त्यों भन्दा पहिला म हालीनाको 'मेल' हेर्न चाहन्थे। उनी प्रायः २-३ बजे दिउँसो 'मेल चेक' गर्ने गर्थिन, हुन त उनी राति १० बजेसम्म पनि 'मेल चेकु गरी जबाब लेख्ने गर्थिन। तर म 'रिश्क' लिने अवस्थामा थिइन। कथं कदाचित उनले हिजो राति मेल खोलेकी छैनन भने अहिलेसम्म मेरो 'मेल' को जबाब पठाएकी छैनन। कुल्लुमा त्यों बेला 'मेल' प्रयोग गरेको घन्टाको ६० रुपैया, ३० मिनेट (मिनिमम) को ३५ रुपैयाँ चार्ज हुन्थ्यो। मैले ४ बजेतिर 'मेल चेक' गर्ने निधो गरेको थिए। पैसा जे जोगाउनु थियो। खाना, नाश्ता, चिया आदि सब उधारी पसलमा पाइन्थ्यो तर चुरुट भने क्याश नै किन्नू पर्ने बाध्यता थियो ।
राघव स्कुलबाट फर्किनु अघि नै म कोठाबाट निस्किए, सोझै साइबर क्याफे। हालीनाको 'मेल' थियो। मैले मान भारतीलाइ भेटेकोमा उनी अति प्रसन्न थिइन। उनले अनेक प्रकारले मलाई 'वारियर' कै संज्ञा दिएकी थिइन। रवि गिरीको कुटियाको नारायण दर्शनको प्रसंगबारे उनको मप्रति उच्च मूल्याङ्कन रहेको थियो। राघवले 'भमिट' गर्दा मैले आफ्नो 'प्रोग्राम क्यन्सिल' गरेर मद्दत गरेको बारे उनको टिप्पणी थियो- यो नारायणले लिएको तिम्रो परीक्षा थियो, तिमी उसलाई छाडेर हिडेको भए नारायण तिमीलाइ छाडि जानू हुन्थ्यो। तिमी परीक्षामा पास भयाे,नारायण तिमीसँगै रहनु भयो। तर केलांगमा नेपाली ग्रुप छाडेर हिडेको,र रोहतांग पासमा ओर्लेर गरिएको उद्दडण्ता प्रति उनले रोष व्यक्त गरेकी थिइन। यो तिम्रो बालहठ अथवा मूर्खता हो -'यु अर नट अलाउड टू आस्क हेल्प फ्रम डिभाईंन (लुक यु अर हिन्दू एंड बिलीभ इन ब्लेसिंग अफ गड, बट आई ऍम तान्त्रिक एंड बिलीभ दैट अल ब्लेसिंगस अर माई ओन एनर्जी एक्सपेंडिचर । एंड फर प्ले आई विल नेवर स्पेंड माई एनर्जी। सो स्टप अल दिस स्टूपिडिटी क्विक'।
'मेल'मा हालीनाले मान भारतीलाइ लिएर काठमाडौँ आउने भनेकी थिइन। साथै पासपोर्टको फोटोकपी र आफु बसेको ठाउँको एड्रेस तुरन्त पठाउन भनेकी थिइन। उनका छोरा एलेक्सले मलाई जर्मनबाट ३०० यूरो पठाई दिनका लागि यो सामाग्री चाहिएको हो। पैसा १-२ दिनमा 'वेस्टर्न मनी ट्रान्सफर' बाट आउँछ। मैले कुल्लुमै पाउँछु। साथै उनले लेखेकी थिइन उनका श्रीमान ग्रेगोर २१ दिने विदामा काठमाडौँ आईरहेका छन र उनी मसँग मुक्तिनाथ ट्रेकमा जान चाहन्छन। उनी मुक्तिनाथ यात्रामा मान भारतीलाई पनि लैजान इच्छुक थिइन ।
पासपोर्ट मैले बोकेकै थिए, साथै बसेको होटलको कार्ड पनि, दुबै 'मेल' मा पठाएर म प्रफुल्ल बदनका साथ मान भारती बसेको डाँडातिर लागे।
पाठकहरुले बुझी नै सक्नु भयो, यस लेखनको क्रम मुक्तिनाथ मन्दिरसम्म पुग्ने संयोग घटित भइसक्यो। तर मैले कुल्लुमा अझै १८-२० दिन बिताउनु बाँकी छ। कुल्लुका विभिन्न मन्दिर,स्याऊका बगैँचा, नगर स्थित रसियन कलाकार निकोलस रोएरिचको घर, कुल्लुको दशहरा, मणिकरण (प्रसिद्द धार्मिल स्थल) र चार हज़ार मीटर अग्लो खीरगंगा घुम्नु छ।
मान भारती मलाई हेरेर ख़ुशी भए। मैले उनलाई दशहरासम्म कुल्लु बस्ने र त्यस पछि नेपाल फर्किने भने।
ठीक छ गुरुभाई कुल्लुको दशहरासम्म त तपाईले बस्नुपर्छ। यहाँको दशहराको आफ्नै विशिष्टता छ ,मान भारतीले भने।
'म काठमाडाैँ गएपछि मुक्तिनाथ जान्छु ,तपाई पनि मसँग हिड्नुस'।
'धेरै टाढा छ गुरुभाई, यत्रो खर्च कहाँबाट आउँछु ?
'तपाईले त्यसको चिन्ता लिनु पर्दैन। खर्चको व्यवस्थामा गर्छुु '।
'ठीक छ जब नारायणले नै सबै कुराको प्रबंध गरेर बोलाउदै हुनुहुन्छ भने मैले आफ्नो बुद्धिको तगारो किन लाउने ' ?
त्यसो भए दशहरासम्म कुल्लुमै बसौ ,त्यस पछि सोझै काठमांडू जाऊ। मेरो प्रस्तावमा मान भारती सहमत भए।
म प्रफुल्ल मनले राघवको कोठातिर फर्किदैं थिए। शायद मेरो प्रफुल्ल्ताको प्रमुख कारण हालीनाको 'मेल' रहेको थियो जसमा उनले मलाई ३०० यूरो पठाई दिने उल्लेख गरेकी थिइन। नारायणले पाइला पाइलामा गरेको संरक्षण र सहयोग मेरा लागि ख़ुशीको निमित्त बनेन। ३०० यूरो पाउने खबरले पृथ्वीभन्दा एक बित्ता माथी पाइला सार्दै हिडीरहेको थिए। शायद नारायण पत्नीको स्वभाव नै नारायणका ठीक विपरीत हुँदो रहेछ। उनको प्राप्तिले मात्रै होइन प्राप्ति हुने खबरले नै मानिसलाइ नारायणसंग पृथक बनाउँदो रहेछ।
मैले यसलाई आफ्नो कमजोरी बुद्धिको परिमितता कहिल्यै ठानिन। यो नारायण र उनकी प्राणप्रिया (लक्ष्मी) बीचको कुटिल 'अन्डरस्टैंडिंग' हो भन्ने 'अन्डरस्टैंडिंग' जीवन भोगाईले ममा पहिलादेखि नै विद्यमान थियो । यी दम्पति क्षीरसागरमा मात्रै प्रेम र स्नेहसाथ एकाकार भई बस्छन । त्यहाँ बाहेक अन्यत्र कतै पनि सँगै नबस्ने यिनीहरुको आपसी सहमति छ। मसँग नारायणप्रियाले आउने अठोट गरीसकेकी थिइन। मेरो नारायण चिन्तन ओरालो लागि सकेको थियो। मैले यसलाई आफ्नो गल्ती नभनी नारायणप्रियाको प्रताप समझे, शायद आफ्ना पति
नारायणलाई 'रिलीफ' दिन पत्नीधर्म पालन गर्दै उनी केही दिनका लागि मेरो सम्बल बन्न मुद्रा रूप धारण गरी आईरहेकी थिइन। लक्ष्मी स्वयं 'एक्टिभ' भई न निस्केको भए उनका पति नारायणले मेरो 'डेली'को चुरुट व्यवस्थापन हेतु पाउ कष्ट गर्नु पर्थ्यो।
निरन्तर
याे पनि
हर्मन हेस लिखित कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा
न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !
मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्