जोखिम रहेको घर सेनाले सहमतिमा भत्कायो

जोखिम रहेको घर सेनाले सहमतिमा भत्कायो

लोकसंवाद संवाददाता  |  समाज  |  साउन ३२, २०७७

रामपुर । वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ । तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो । 

गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको छ । घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ । 

अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो ।