चीनले चिनेका नेपाली वैज्ञानिक

चीनले चिनेका नेपाली वैज्ञानिक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १०, २०७५

बेइजिङ । नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा।

युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन्। उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन्। चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरेको छैन। यतिबेला चीनमा झन्डै एक दर्जन नेपाली वैज्ञानिक कार्यरत छन्। चीनमा कार्यरत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् तर नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन। चीनमा शिक्षा लिएपछि नेपाल गएर उनीहरुले काम गर्ने प्रयास नगरेका पनि होइनन्। विडम्बना ! नेपालमा हरेक क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे’ राख्ने परिपाटीले उनीहरुलाई दिक्क बनायो। अनि, उनीहरु फर्किए चिनियाँविश्वविद्यालयमा। आजको नागरिक दैनिकमा खबर छ ।