लोकसंवाद संवाददाता | समाज | भदौ ०३, २०७७
स्याङ्जा । गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले व्यवसायीलाई आरनमा प्रयोग गरिने हाते यन्त्र हस्तान्तरण गर्दै परम्परादेखि चल्दै आएका पेशा र व्यवसायको संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाभित्र आरन व्यवसाय गर्दै आएका १७ व्यवसायीलाई यन्त्र हस्तान्तरण गरिएको नगरपालिकाका भण्डार शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।