अरब क्लबमा प्रवेशको होडमा वाणिज्य बैङ्कहरू : व्यवसाय चौपट्ट, नाफा निरन्तर !

अरब क्लबमा प्रवेशको होडमा वाणिज्य बैङ्कहरू : व्यवसाय चौपट्ट, नाफा निरन्तर !

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ०४, २०७७

काठमाडौँ । नेपालका बैङ्क तथा वित्त संस्थालाई अहिले गाउँका जिम्मुवाल पनि भन्ने गरिन्छ । पञ्चायतको नियममा त हुने नै गर्थ्यो त गाउँमा जिम्मुवाललको हुकुमबाट जनता थरमान । आफ्नै नीति आफ्नै नियम राष्ट्रिय नीति जे सुकै होस् ।

राष्ट्र बैङ्कको निर्देशन ध्वज्जी उडाएरै पनि कतिपय बैङ्कहरू एक म्यासेजका भरमा व्याज बढाएकै छन् । अधिकांश ऋणीले कुरा बझेका हुँदैनन् । निक्षेपमा न्यूनतम व्याजमा कर्जामा अधिकतम व्याजमा बैङ्कहरूको प्रतिस्पर्धा नै देखिन्छ । यो वा त्यो बहानामा झुक्काएर ल्याइने शुल्क बैङ्कहरूको प्रमुख आम्दानी बन्ने गरेको छ ।

पछिल्लो एक वर्ष विश्वको अर्थतन्त्रले सय वर्ष यताकै कठिन परिस्थितिको सामना गर्‍यो र गरिरहेको छ । जसको बाछिटा नेपालमा पनि राम्रोसँग पर्‍यो । साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारको आर्थिक वृद्धिदर २‍.३ 'अरिस्कृत' मा झर्‍यो ।

गत आर्थिक वर्षको चैत महिनाबाट आर्थिक अवस्था सुस्त भयो । वैशाख महिना र जेठको केही साता त ठप्प प्राय नै रहयाे । २ महिना ठप्प प्राय र २ महिना निकै सुस्त गतिमा आर्थिक क्रियाकलाप हुँदै व्यवसायका गेट र सटरहरू बन्दा  रहे । त्यही  बन्दा सटर  गेट र सटरहरू खोल्नको लागि लिएको ऋणको व्याज र कारणवश समयमै बुझाउन नसकेको व्याजको जरिमाना लिएर बैङ्कहरूले भने उच्च नाफा कमाउन छोडेनन् । बैङ्कसँगको त्रासले तिर्नेले भुक्तानी समयमै तिर्ने तर कर्जा लान डराउने भएपछि बैङ्कहरूमा अधिक तरलता हुने नै भयो । अरब लगानी गरेर अरब नै कमाउने संस्थाहरूका रुपमा हेरिने बैङ्कहरूको यस्तो अवस्थामा पनि नाफा अरब भन्दा घट्न परेन । २ वाणिज्य बैङ्कबाहेक सबै बैङ्क अरबको क्लबमा समेटिए ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार कोभिडको असरबाट प्रभावित ऋणीलाई गत चैतमा १० प्रतिशत ब्याज छुट दिन लगाइए पनि अधिकांश बैङ्कहरूले यस्तो छुट नदिएको  राष्ट्र बैङ्ककै अध्ययन प्रतिवेदनले देखाएको छ । 

बैङ्कको कार्य सञ्चालन नाफा उल्लेख्य देखिए पनि बैङ्कका शेयरधनीलाई लाभांशका रुपमा वितरण गर्ने लाभांश भने घटेको देखिएको छ । बैंकरहरुले यस्तो परिस्थितिमा पनि अनपेक्षित नाफा कमाउन सफल भएको भन्दै सञ्चालक समितिमा विवरण पेस गरेका छन् ।

कोरोनाको  कहर बिच पनि अधिकांश बैङ्कले ऋण तिर्न ताकेता गरे । नयाँ कर्जा प्रवाह नभए पनि पुरानाको जरिमाना  बढीको कारण बैङ्कलाई लाभ बढेको देखिन्छ ।

५ बैङ्कको त अघिल्लो आर्थिक वर्ष कोभन्दा पनि खुद नाफा बढेको देखाइएको छ । अप्ठ्यारो परिस्थितिका बिच राष्ट्रिय वाणिज्य बैङ्कको खुद नाफा ४ अरब ४५ करोड, नविल बैङ्क ३ अरब ५६ करोड, कृषि विकास बैङ्क ३ अरब ४६ करोड, एन आइसी एसिया बैङ्क ३ अरब १२ करोड र ग्लोबल आइए मई बैङ्क ३ अरब ८ करोड रुपैयाँ नाफा कमाएर धेरै खुद नाफा उठाउनेको अग्रस्थानमा रहेका छन् ।  

३ अरबभन्दा कम २ अरबभन्दा बढी नाफा कमाउनेमा क्रमा नेपाल इन्भेस्टमेन्ट, नेपाल बैङ्क, हिमालय, एभरेस्ट, प्राइम, एनएमबी र सिद्धार्थ रहेका छन् । यी बैङ्कले क्रमशः  २ अरब ५७ करोड, २ अरब ५५ करोड, २ अरब ५४, २ अरब  ४९ २ अरब २९ , २ अरब २७ र २ अरब  ९ करोड नाफा कमाएका छन् ।

स्ट्यान्डर, सानीमा, नेपाल एसबीआइ र मेगाले क्रमशः १अरब ९८ करोड, १ अरब ७० करोड, १ अरब ५३ करोड र १ अरब ५२ करोड नाफा आर्जन गरेका छन् ।

लक्ष्मी, बिओके, सनराइज, प्रभु, माछापुच्छ्रे र नेपाल बङ्गलादेश पनि अरब क्लबमा क्रमशः १ अरब ४८ करोड, १ अरब ४७ अरब, १ अरब ३९, १ अरब ३६,  १ अरब २५ र १ अरब २४ करोड नाफा कमाएर परेका छन् ।

कुमारी,एनसीसी र सिटिजनपनि १अरब २२ करोड, १ अरब १३ करोड र १ अरब ११ करोड नाफा कमाएर अर्व क्लबमा पर्दा सेन्चुरीले ९० करोड र सिभिलले ४५ करोड नाफा कमाएका छन् । 

सिभिल बैङ्कको खुद नाफा ४५ करोड ७० लाख र सेन्चुरी बैङ्कको ९० करोड ४३ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा सिभिलको नाफा घटेको हो भने सेन्चुरीको बढेको हो ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार कोभिडको असरबाट प्रभावित ऋणीलाई गत चैतमा १० प्रतिशत ब्याज छुट दिन लगाइए पनि अधिकांश बैङ्कहरूले यस्तो छुट नदिएको  राष्ट्र बैङ्ककै अध्ययन प्रतिवेदनले देखाएको छ ।