४२५ किलोग्राम मटर (केराउ) बरामद

४२५ किलोग्राम मटर (केराउ) बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ ०४, २०७७

महोत्तरी । महोत्तरी प्रहरीले आज बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर (केराउ) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो ।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर (केराउ) प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । बरामद मटर (केराउ) प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।  पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर (केराउ) चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।