लोकसंवाद संवाददाता | विदेश | भदौ ०४, २०७७
एजेन्सी । भारतको पश्चिम बंगालमा १५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् ।
पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।
प्रहरीको टोलीले बुधबार राती गस्तीमा रहेकै बेला उनीहरुलाई नौ लाख भारतीय रुपैया बराबरको गाँजा सहित पक्राउ गरेको थियो ।
प्रहरीले गाँजा तस्करीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । भारतको कानुनमा गाँजा ओसारपसार र बेचविखन बर्जित छ ।