करेन्ट लागेर  मृत्यु

करेन्ट लागेर  मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ०५, २०७७

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको  गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । 

उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताउनुभयो  । घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ ।