सीताराम नेपाल | साहित्य | भदौ ०६, २०७७
सिद्धान्त ठूलो
त्याग तपस्या जारी
पिँधका लागि
मुख धेरै भो
हात चलेन कुनै
थिति बनेन
गन्हाउने ती
ढाकछोप गर्ने म
सराप्दै रुदै
आकाशे फल
कहिल्यै झर्दैन त्यो
रोएर हुन्न
हाम्रो भाग्यमा
रैछ हेर्ने झगडा
ठूलाबडाकै
भन्थे सबैले
इतिहास फर्किन्न
झुट्टा सिद्ध भो
दुःखी पुर्पुरो
दुःखले छाडेन लौ
जीवनभरि
भष्मासूरले
राख्दैन बाँकी कतै
नजिक टाढा
नचाहे पनि
काट्नै पर्छ क्यान्सर
छुरा चलाउ
तिमी दुख्दैनौ ?
जनधनको क्षति
केही बोल्दैनौ